Wednesday, September 23

पद सम्हाल्न नपाइ लालबाबु पण्डितले गरे देउवाको निर्णय खारेज गर्ने यस्तो घोषणा ..

केपी ओली सरकारमा जनसंख्या तथा वाताबरण मन्त्रीको सपथ लिएका मन्त्री लालबाबु पण्डितले देउवा सरकारले गरेका अधिकांश निर्णय खारेज गर्ने घोषणा गर्नुभएको छ ।

पण्डितले कतिपय निर्णय निर्णयकै लागी गरेर राष्ट्रलाई अप्ठ्यारो पार्न खोजेको भन्दै प्रक्रियासंगत रुपले नभएका निर्णयहरु खारेज हुने र अन्य निर्णय अहिलेलाई थाती राखिने त्यस्तै कतिपय निर्णय संसोधन हुने बताउनु भएको छ ।

माओबादीसंगको एकता बारे पण्डितले एक दुई दिन भित्र माओबादी सहितको मन्त्री परिषदले पूर्णता पाउने समेत ठोकुवा गर्नुभएको छ ।

स्रोत:-कान्तिपूरप्लसबाट।