Saturday, June 3

निर्माणाधीन माझी बस्ती ऋ;णमा रहेको स्वेता खड्काको गुनासो गर्दै यस्तो भन्छिन्

2021-02-02 1975

काठमाडौं, नायिका स्वेता खड्काले सन् २०७४ मै सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माण गर्ने घोषणा गरेकी थिइन्। स्वेता श्री फाउण्डेसनको तर्फबाट माझी बस्ती बनाउने घोषणा भएको थियो। तर हालसम्म पनि उक्त माझी बस्तीको निर्माण सम्पन्न भएको छैन।

मंगलबार स्वेता खड्काले सिन्धुपाल्चोकको निर्माणाधीन माझी बस्ती ऋणमा रहेको जानकारी दिएकी छिन्। उनले यस बस्ती निर्माण सम्पन्न गर्न सहयोगको अपिलसमेत गरेकी छिन्।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमवुद्ध क्रिकेट रंगशालाको जस्तै अवस्था सिन्धुपाल्चोकको माझी बस्तीको भएको उनको भनाइ रहेको छ।

उनले सहयोग गर्छु भन्नेले सहयोग नगरेपछि बस्तीको निर्माण कार्य अलपत्र परेको गुनासो गरेकी हुन्। उनले सहयोग गर्छु भन्नेहरुले सहयोग नगरे त्यो गरिबमाथिको खेलवाड हुने बताएकी छिन्।

नायिका खड्काको स्टाटस :‘धुर्मुस सुन्तली फाउण्डेशन’ को झै हाम्रो पिंडा पनि उहि हो । निर्माणाधिन माझी बस्तीले पनि रिण बोकेर नै बसेकोछ । स्थानिय सरकार , सरोकारवाला निकाय तथा बिभिन्न दक्ताहरुलाई माझी बस्तिसंग जोडिदिने हाम्रो प्रयासमा धेरै मनकारी सहयोगीहरु भेटिनु भयो अनि आफ्नो क्षमता, दक्षता र गक्षले भ्याए सम्मको सहयोग गर्नु भयो । तर केहि यस्ता दाताहरु पनि भेटिए जस्ले सहयोग रकम बोल्नु भयो तर सहयोग उपलब्ध गराउनु भएन ।

हामिले कुनै जोर जबर्जस्ती नगरिकनै आफ्नै मनले, स्व:तस्फुर्त रुपमा कबुल गर्नु भएको सहयोग प्रदान गर्नलाई आनाकानी गर्नेहरुको लिष्ट लामै छ । खैर , दान -धर्म र कर्म भनेको मनदेखी स्फुटन हुने कुरा हो । हामिले त सहयोगको अपिलसम्म गर्ने हो ,बलजफती गर्ने होईन । तथापी , आफ्नो प्रतिवद्दता र कटिवद्दतालाई भुलेर गरिवहरुको आशा र भरोशा माथी खेलवाड गर्नु भने पक्कै राम्रो होईन । पुरा गर्न नसक्ने-बाचा, पुर्ती गर्न नसक्ने -आस्वासन र दिन नसक्ने -सहयोगको कुनै अर्थ छैन । अत : आफुलाई समाज सेवी को रुपमा चिनाउन कोही कसैको भरोशा माथी खेलवाड नगरौ ।

प्रतिकृया दिनुहोस्