नायिका सुष्मा कार्की आफ्ना अभिब्यक्तिका कारण चर्चित छन् । उनले खेलेका फिल्म र गरेका आइटम डान्स भन्दा उनले बोलेका कुराले उनलाई चर्चामा ल्याइ रहन्छन् । तर चर्चा सधैं सकारात्मक हुन्छ भन्ने छैन । उनले अरुको आलोचना गर्दा उनको पनि आलोचना हुने गर्छ ।
पछिल्लो समय यस्तै भएको छ । उनले धुलाई भेटेकी छिन् । यो कुराको पुष्टी पनि नायिका आफैंले गरेकी हुन् । नायिका सुष्मा कार्कीेमाथि काठमाण्डौको लण्डन पब क्याफेमा यस्तो घटना भएको थियो । नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले यस्तो गरेको आरोप कार्कीको छ ।
प्रहरी परिसरबाट बाहिरिंदै गर्दा सुष्मा कार्कीले भनिन्, “म र उत्सव रसाईली बीच केही कुरामा विवाद भएको थियो जुन सामान्य नै हो तर उत्सवले मलाई केटाहरु ल्याएर कु’टा’उ’छु देखि उक्त पबबाट निकाल्नु भन्दै ध’म्का’उ’न थाले । त्यस पश्चात स्वेता खड्काले समेत मलाई मुख छा’डेकी छिन र स्वेताको बहिनी आरती खड्काले भने मलाई हा’त हा’लेकी छिन् ।”
सुष्माका अनुसार अरु जे भएपनि ‘हा’त हा’ल्नुहु’दैन थियो त्यसैले आफू प्रहरीमा उजुरी दिन आएकी हुन् । सुष्माका अनुसार घटनाको सबै भिडियो आफूसंग रहेको र प्रहरीलाई बुझाएको समेत बताएकी छिन् ।
नायिका सुष्मा कार्कीले घटनाको भिडियो रेकर्ड समेत भएको बताइन् । उनले भनिन् ‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ ।’ नायिका स्वेता खड्काले आफूलाई नराम्रो शब्द प्रयोग गरेको सुष्माले दाबी गरेकी छिन् ।
सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा भएको उनको दावी छ । उनी घटना सुनाउन प्रहरीकहाँ पुगेकी छिन् ।
हेर्नुहोस तलको भिडियो…
प्रतिकृया दिनुहोस्