Friday, September 25

रौतहटमा जासुसी गर्न आएको । चिल भेटियो जसको सरिरमा रेडियो ट्रान्समिटर यन्त्र जडान भएको छ पुरा हेर्नुहोस

फागुन २०७४ : पिठ्यूँमा रेडियो ट्रान्समिटर जस्तो यन्त्र जडान भएको मंगोलियन महाचिल रौतहटमा फेला परेको छ ।रौतहटको फतुवा विजयपुर नगरपालिका– १, शीतलपुरमा हिजो, ३ फागुन राति ८ बजे मंगोलियन चिल फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शीतलपुरको खेतमा रहेको उक्त चिललाई स्थानीय बालबालिकाले समातेपछि चिलको खुट्टा र पिठ्युमा केही नयाँ कुरा देखेर प्रहरीलाई खबर गरेका थिए ।चिलको दाहिने खुटामा लगाइएको गोलो रिङमा oxnith.lab, nst.biol,mongolia 271 लेखिएको छ ।

प्रहरीले चिललाई फेला पारी चिलको विषयमा अध्ययन गर्न जिल्ला वन कार्यालय रौतहटलाई पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।

जिल्ला वन कार्यालय रौतहटका प्रमुख दीर्घ कोइरालाले सोलार प्यानल सहितको रेडियो ट्रान्समिटर जस्तो यन्त्र जडित चिल मिंगोलियाबाट नेपाल आएको बताए । उनले भने, “यो चिलको विषयमा थप अध्ययन गरिरहेका छौं ।”

चराविद् डा. हेमसागर बराल यो प्रजातिको गोमायु महाचिल हरेक हिउँदमा नेपाल आउने गरेको बताउँछन् ।विश्वमा नै जम्मा ३९ प्रजातिको चिलमध्ये गोमायु महाचिल लोपोन्मुख चिलको रुपमा रहेको र संरक्षणको प्रयास विश्वव्यापी भइरहेको पनि उनले जानकारी दिए ।


यो चिल मंगोलिया र आसपासका देशहरुबाट नेपाल, पाकिस्तान हुँदै अफ्रिकासम्म पुग्ने र फर्कने गरेको उनको उनले बताए ।डा.बरालले चिलको पिठ्यूँमा रहेको यन्त्र उक्त चराबारे अध्ययनका लागि जडान गरिएको हुनसक्ने पनि अनुमान गरे ।

तस्बिर : सञ्जय मित्र, रौतहट

समाचार स्रोत:-सत्यसमाचारबाट