Saturday, June 6

मनʼकारी घरबेटी : जसले बाँडे प्रत्येक डेरावाललाई बोरा चामल (भिडिʼयो सहित)

कोरोनाभाइरʼस संक्रमणको डʼरले राजधानीका कतिपय घरबेटीले डेरावालहरुलाई अप्ठ्यारोमा पारेका, दुर्व्यवहार गरेका र लकडाउनकै बीच कोठाबाट निकालिदिएका समेत केही समाचार प्रकाशमा आए ।

तर, राजधानीमै यस्ता मनकारी घरबेटी पनि भेटिए, जसले आफूकहाँ डेरा बस्ने प्रत्येक परिवारलाई एक–एक बोरा चामल उपलब्ध गराए ।

राजधानीको अनामनगर छेउकै देवीनगरका इन्द्रकुमार चाम्लिङले बुधबार आफ्नो घरमा डेरा लिई बसेका ४२ परिवारलाई प्रतिबोरा चामल वितरण गरेका हुन् । डेरावालहरु आफ्नै दाजुभाइ–दिदीबहिनी सरहका मान्छे र आफ्नै परिवारजस्तै भएकाले लकडाउनको सकसमा सहयोग पुगेस् भनेर व्यक्तिगत तर्फबाट उनीहरुलाई चामल उपलब्ध गराइएको चाम्लिङले बताए ।

राहतका नाममा राज्यले करोडौं खर्च गरे तापनि नागरिकको हुर्मत लिएर ३, ४ वा ५ केजी मात्र उपलब्ध गराएकोमा असन्तुष्टि जनाउँदै उनले भने– ‘त्यति चामलले उनीहरुले कति छाक टार्ने ? कमसेकम केही हप्ता भोकै नपरुन् भनेर मैले सबै परिवारलाई एक–एक बोरा दिएँ । मैले याे राहत दिएकाे हाेइन, सहयाेग गरेकाे हुँ ।’

तलको भिडियो हेर्नुहोस्…