Saturday, June 6

नेपाली जुम्ल्याहा दाजुभाईले बनाए ‘गो कोरोना’ रोबोट (भिʼडियो सहित)

जेठ-४, चितवन। बुटवलका जुम्ल्याहा दाजुभाई लव-कुशले आइसोलेसनमा राखिएका बिरामीलाई खाना र औषधि पुर्‍याउन सघाउने ‘गो कोरोना’ नामको रोबोट बनाएका छन।

डेढ वर्षअघि ‘गो-गो रोबोट’ र एक महिनाअगाडि ‘सेनिट्राइजर सेन्सर टनेल’ बनाएका उनीहरुले अहिले पुनः ‘गो-कोरोना रोबोट’ बनाएका छन् ।

१ महिनाको मेहेनतमा बनाएको यो गो-कोरोना रोबोटले आइसोलेसनमा राखिएका बिरामीलाई आवश्यक खाना, औषधि, सेनिट्राइजर लगायतका अन्य वस्तु पुर्‍याउने साथै बिरामीसँग कुराकानी गर्ने र मनोरञ्जन प्रदान गर्ने देखि लिएर संक्रमितको सेवा गर्न सक्ने क्षमता भएको लवले बताएका छन ।

जुम्ल्याहा दाजुभाइले बनाएको उक्त रोबोट प्रदेशको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेका छन् ।

बुटवलको धागो कारखानामा तयार गरिएको अस्थायी कोरोना विशेष अस्पतालमा प्रयोग गर्न सकिने भन्दै उनीहरूले रोबोटलाई मन्त्रालयमा हस्तान्तरण गरेका छन् ।

भिडियो हेर्नुहोस्