Saturday, June 6

कोरोनाबाट मृ,त्यु भएकी महिलाको शिʼशुलाई पूर्वमन्त्री बस्नेतको १ लाख सहयोग…

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कोरोना संक्रमणबाट मृ,त्यु भएकी महिलाको शिशुको लागि सहयोग गरेका छन् । केहि दिनअघि कोरोनाभाइरसको संक्रमणबाट धुलिखेल अस्पताल एक सुत्केरी महिलाको मृ,त्यु भएको थियो ।

सोहि अस्पतालमा मृतक महिलाको शिशुलाई पनि भर्ना गरिएको थियो । शुक्रबार नवजात शिशु अस्पतालबाट डिस्चार्ज भएपछि उनले १ लाख रुपैया हस्तान्तरण गरेका हुन् ।

शिशुको दोस्रो रिपोर्ट पनि नेगेटिभ

कोरोना भाइसबाट मृ,त्यु भएकी सुत्केरीको नवजात शिशुको दोस्रो पटकको पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ । धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण हप्ताअघि मृ,त्यु भएपछि शिशुको दुई पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चेकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरसका कारण यही जेठ १ गते राति उपचारार्थ धुलिखेल अस्पतालमा पुर्‍याइएको केही समयपछि नै मृ,त्यु भएको थियो ।

उनको १४ दिनको शिशुको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजुले जानकारी दिए । उनका अनुसार आजै शिशुसहित आफन्तलाई अस्पतालबाट घर पठाइएको (डिस्चार्ज गरिएकाे) छ ।

महिलाको शिशु, श्रीमान् तथा आमा र बहिनीलाई समेत आइसोलेसन कक्षमा राखी उपचार भइरहेको निर्देशक डा. माकजुले बताए । उनका अनुसार शिशुलाई सुरुका दिनमा हल्का जण्डिस देखिएको र शरीरमा आएका स–साना बिमिरा दैनिक रूपमा बालरोग विशेषज्ञको निगरानीले आजसम्ममा निको भएकाले डिस्चार्ज गरिएको हो ।

शिशुको दुई पटक र मृ,तक महिलाको आफन्तको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालले डिस्चार्ज भएका शिशुसहितका आफन्तलाई सम्बन्धित जिल्लामा एक हप्ताको क्वरेण्टीनमा राख्न र क्वरेण्टीनबाट डिस्चार्ज गर्नुअघि आरडीटी गर्न सुझाव दिएको छ ।

‘यसबीचमा नवजात शिशु वा परिवारका अन्य सदस्यमा कोभिड-१९ का लक्षण देखा परेमात्र पीसीआर परीक्षण दोहोर्‍याउनु पर्ने हुन्छ’, निर्देशक डा. माकजुले भने । उनका अनुसार १० दिनकी महिलाको कोरोनाका कारण मृ,त्यु भएलगत्तै उनका शिशुसहित आफन्तको परीक्षणका लागि स्वाब सङ्कलन गरी सावधानीपूर्वक आसोलेशनमा राखिएको थियो ।

मृ,तकका श्रीमानका अनुसार वैशाख २४ गते महाराजगञ्जको शिक्षण अस्पतालमा सुत्केरी भएकी र २५ गते अस्पतालबाट डिस्चार्ज भइ सिन्धुपाल्चोकमा घर गएको केही दिनपछि उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

बाह्रबिसेमा रहेको अस्पतालमा आरडीटीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उपचारार्थ धुलिखेल ल्याइएको परिवारले जनाएको थियो । गएको शनिबार साँझमात्रै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती महिला कोरोना भाइरसका कारण मृ,त्यु भएको पुष्टि गरेको थियो । मन्त्रालका अनुसार कोरोनाबाट मृ,त्यु हुने ती महिला नेपालमा पहिलो घ,टना हो ।

ती महिलासहित नेपालमा अहिलेसम्म कोरोना भाइरसका कारण मृ,त्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।-धनकुटाखबर