Saturday, June 6

भिडियो हेर्नुहोस.. नायिका मनिषाको सʼपोर्टमा उत्रिए भारतीय यी कलाकार …

पछिल्लो समय नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि भारतीय मिडियाहरुले आफ्नो असली रुप देखाउन थालेका छन्।

सधै अनावश्यक बहसहरु चलाएर जनताको दिनानुदिन समस्या संग उत्तरदायित्व हुन नसकेको विगत भारतीय मिडिया सामु छ। चौथो अंगका रुपमा मिडियाले खेल्नु पर्ने भूमिका बाट विमुख भएर मोदी सरकार कै कठपुतली बनिरहेछन् भारतीय मिडियाहरु।

उनीहरू सबै नेपालप्रति लक्षित भएका छन्। विशेष गरी भारतीय मिडियाहरुका हेडलाइन र संवादहरु भारतप्रति प्रधानमन्त्री ओलीले दिएका टिप्पणी जस्तै ‘सत्यमेव जयते कि सिंह मेव जयते?’र ‘चीन र इटलीको भन्दा भारतबाट भित्रिएको भाइरस कडा ‘ हरुमा केन्द्रित छन्।

यो मात्र होइन, नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विट रि-ट्विट गर्दै कलाकार मनिषा कोइरालाले नेपाल सरकारलाई धन्यवाद दिएको विषयलाई पनि नकारात्मक ढंगले प्रस्तुत गरेका छन्।तीन महान् देशहरु मिलेर शान्तिपूर्ण ढंगले संवादमा सबै कुरा हल गर्नु पर्ने निकै नै सकारात्मक टिप्पणीलाई समेत बंग्याएर भारतको खाएर चीनको गीत गाएको जस्ता तल्लो स्तरका कमेन्टहरु गरिरहेका छन्।

भारत मनिषाको कर्मभूमि थियो, जन्मभूमि होइन । उनले त्यहाँ श्रम बेचेकी हुन्, स्वाभिमान होइन  जे जस्तो खालको भारतीय मिडियाको प्रचारबाजी भए पनि उनले त्यहाँ श्रम बेचेकी हुन्, स्वाभिमान होइन भन्दै मनिषाको सपोर्टमा सबै नेपाली जनताहरु उत्रिएका छन्।

भारतीय नागरिकहरु पनि धेरै अन्तराष्ट्रिय श्रम बजारमा आफ्नो पसिना बगाइराखेका छन्, नेपालमा नै पनि धेरै भारतीय नागरिकहरु छन्। तर श्रमको उचित सम्मान र कदर गर्न नजान्ने भारतीय मिडियाहरु नागरिक अधिकार,देश प्रतिको ज़िम्मेवारी र मुल्य मान्यता विपरीत रहेको कुरा स्पष्ट हुन्छ।

अझ गम्भीर कुरा,सीमा विवादमा नेपालमा भईरहेका भारत विरोधी घटनाक्रमहरु चीनको उक्साहट र आह्वानमा समेत भएको भनी नेपालको सार्वभौमिकता र आफ्नो अधिकार आफै प्रयोग गर्ने सक्ने क्षमतामा समेत भारतीय मिडियाले गम्भिर प्रश्न उठाएका छन्।

यो भन्दा अघि जेठ २ गते भारतीय सेना प्रमुख नरवणेले नयाँदिल्लीमा भएको कार्यक्रममा पिथौरागढ-लिपुलेक सडक भारतीय भूमिमा बनाएको भनिरहँदा र हिजो बुधबार मात्रै भरतीय विदेश मन्त्रालयले नेपालले आधिकारिक रुपमा आफ्नो भूमि लिम्पियाधुरा समेत समेटेर जारी गरेको नक्सा मान्य नहुने भनी आएको कुरा हेर्दा भारत पेलेरै विस्तारवादको निति अवलम्बन गर्न चहान्छ भन्ने देखिन्छ।

भिडियो हेर्नुहोस्…