Sunday, June 7

मनिषा कोइरालामाथि भारतीय मिडिया खनिʼएपछि राजेश हमालले दिए यस्तो प्रतिकृया-हेर्नुहोस् (भिʼडियो सहित)

काठमाडौं – अभिनेत्री मनिषा कोईरालाले दिएको अभिव्यक्तिलाई लिएर अहिले भारतीय मिडियामा खैलाबैला मच्चिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा चाडै जारी हुने बिषयमा लेखेको ट्विटमा मनिषाले सानो राष्ट्र भए पनि नेपालको यो प्रयास सकारात्मक भएको उल्लेख गरेपछि भारतिय मिडियामा विभिन्न प्रतिक्रियाहरु आएको हो । उक्त स्टाटसलाई लिएर भारतीय मिडियाले अहिले मनिषा कोइरालालाई तुच्छ गालीगलौज गरेका छन् ।

भारतिय मिडिया मनिषा कोइरालामाथि गाली गलौजको स्तरमा उत्रिएपछि उनले दिएको अभिव्यक्तिको समर्थनमा यतिबेला नेपाली सेलिब्रेटी एकपछी अर्को गर्दै आएका छन्। यस्तै यस बिषयमा महानायक राजेश हमालले पनि केही प्रतिक्रियाहरु दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियोमा भनेका छन् ‘छिमेकी मित्रराष्ट्र भारतको पछिल्लो गतिविधीले हामी सबै नेपालीलाई मर्माहत बनाएको उल्लेख गरेका छन् । अंग्रेजी भाषामा हमालले सार्वजनिक गरेको आफ्नो विचारमा उनले अगाडी भन्छन् इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भू–भाग हो ।’

तलको भिडियो हेर्नुहोस्….