Wednesday, June 7

रुरु जलविध्युतलले आइपिओ निष्काशनका लागि पायो अनुमति, प्रतिकित्ता कति पर्ला त ?

2021-02-07 1336

रुरु जलबिध्युत परियोजनालाई प्राथमिक निष्काशन अर्थात् आइपिओ जारी गर्न धितोपत्र बोर्डबाट आज अनुमति प्रदान गरिएको छ। कम्पनीले पहिलो चरणमा योजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि रु १०० अंकित दरका ४ लाख ७ हजार ७०५ कित्ता शेयर निष्काशन गर्नेछ। त्यसपछि अन्य सर्बसाधारणका लागि पनि ४ लाख ७ हजार ७०५ कित्ता सेयर निकाल्नेछ। तर सर्वसाधारणलाई भने रु१२० मा सेयर निकाल्न लागिएको हो। यो प्रिमियम मूल्यमा निकाल्न लागिएको आइपिओ हो।

सर्वसाधारण र स्थानियलाई आइपिओ बाँडेपछि कम्पनीको प्रमोटर र सर्वसाधारणको सेयर स्वामित्व रेसिया ८०:२० हुनेछ। कम्पनीले वि.स २०७१ सालदेखि ५ मेगावाटको माथिल्लो हुग्दीखोला आयोजना सञ्चालन गरी विदुत उत्पादन गर्दै आएको छ। करिब १ हजार जना प्रवद्र्धक रहेको परियोजना सरकारी-निजी-साझेदारी अवधारणामा निर्माण गरिएको हो। ५ मेगावाट क्षमताको अपर हुग्दी खोला हाइड्रोपावर प्रोजेक्टको  प्रतिमेगावाट लागत १४ करोड ९० लाख रुपैयाँ रहेको छ। अन्य निजी स्तरबाट निर्माण भएका आयोजनाको तुलनामा यसको खर्च तुलनात्मक रुपमा कम हो।

आयोजनाको जम्मा लागत ७४ करोड ५० लाख रुपैयाँ रहेको छ। यसमा ६३ प्रतिशत ऋण र ३७ प्रतिशत शेयर पूँजी रहेको छ। सन् २०१५ देखि नै व्यावसायिक उत्पादन सुरु गरिसकेको कम्पनीले गत वर्ष तीन करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो। कम्पनीले आयोजना निर्माणका लागि लिएको ३९ करोड ३० लाख रुपैयाँ ऋण तिर्न बाँकी छ।

यसमा ५ बैंकको लगानी रहेको छ । तिनीहरुमध्ये लिड बैंकको रुपमा एनएमबी बैंक रहेको छ । अन्य बैंकहरु सेन्चुरी, कुमारी, माछापुच्छ्रे, लुम्बिनी विकास बैंक रहेको छन् । इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा यो कम्पनीले औषत रेटिङ ‘इक्रा एनपि आइपिओ ग्रेड ४ प्लस’ पाएका छ।  लगानीकर्ताहरुले पनि लगानी गरेको भोलिदेखि नै रिर्टन पाउने अवस्था छ। कम्पनीले सुरुदेखि नै लगानीकर्ताहरुलाई लाभांश बाँड्दै आइरहेको छ ।

रुरु जलविध्युत परियोजनाले गत चार वर्षमा चार पटक लाभांश वितरण गरिसकेको छ। चारै वर्ष १०/१० प्रतिशत लाभांश वितरण गरिएको हो। कम्पनीको संचित कोषमा करिब ७ करोडभन्दा बढि रकम रहेको छ। कम्पनीको प्रमुख प्रबर्द्धकमा भरतप्रसाद नेपाल (१५ प्रतिशत शेयर), शुभकर्म इन्भेष्टमेन्ट कम्पनी (१२ प्रतिशत), समुचित इन्भेष्टमेन्ट कम्पनी (११ प्रतिशत) लगायतका छन्। कम्पनीले आइपिओ निष्काशन गरेसँगै संस्थापक तर्फ ८० र सर्वसाधारण तर्फ २० प्रतिशतको शेयर पूँजी हुनेछ।(इपिएससाथिबाट)

प्रतिकृया दिनुहोस्