सन्तान नभएर अस्पतालमा जँचाउन सहर आएका काले विश्वकर्माले घर फर्किँदै गर्दा आफ्नी पूर्व प्रेमिका भेट्छ । काखमा एक सन्तान बोकेकी उनी पतिको साथ छिन् भने काले आफ्नी पत्नीको साथ । विगतको धोका सम्झिँदै काले अलमल्ल पर्छ।
अन्तमा उनै पूर्व प्रेमिकाले धोका नदिएको र सन्तान पनि आफ्नो भएको थाहा पाउँछ । उनी छोरो बोकेर लाग्छिन् भने काले आफ्नो पनि अर्को सन्तान हुने अपेक्षा सहित श्रीमती अङ्गालेर अघि बढ्छ । यही कथामा बनेको छ गीत ‘मुरली तिरीरी‘ ।
गीतमा बेनिशा पौडेल, आयुष्मान् चापागाईँ र शिशिर भण्डारीको स्वर छ । भिडियोमा शिशिरको साथमा सुनिसा बजगाईँ ईशान राउत ‘जिरे’, दीपक राज पाठक, श्रद्धा गौतम, अन्वेष चापागाईँ र लक्ष्मण अधिकारीको अभिनय रहेको छ भने बाल कलाकार अनुरोध भण्डारी रहेका छन् ।
शिशिरकै कन्सेप्ट तथा सङ्गीत रहेको गीतको शब्द शिशिरको साथमा दीपक राज पाठकको ले लेखेका छन् । भिडियो छायाङ्कन ज्ञानेन्द्र शर्मा, सम्पादन दिनसन शाह र निर्देशन सन्तोष राजबहाकले गरेका छन् ।
भिडियो हेर्नुस
प्रतिकृया दिनुहोस्