Tuesday, August 11

राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले बनाएको इले’क्ट्रिक कार केहि दिनमै नेपाली रो’डमा गुड्ने

राष्ट्रिय आविष्कार केन्द्रले सुरु गरेको पुराना डिजेल पेट्रोल गाडीलाई इलेक्ट्रीक बनाउने काम अन्तिम चरणमा पुगेको छ । केन्द्रले पुराना गाडीलाई इलेक्ट्रीकमा परिवर्तन गर्ने योजनाका साथ काम गरिरहेको थियो । यो भन्दा अगाडि महाबीर पुनले कोरोना विरामीहरूसम्म खाना र मेडिकल सामान लिएर पुग्ने रोबर्ट र डाक्टर तथा नर्सहरूका लागि पिपिइ सकेत तैयार गरिसकेका छन् ।

अहिले हामीले सबै काम सकेका छौं । त्यसको लागि आवश्यक पर्ने केही पार्टस चीनबाट मगाएका थियौं । त्यो भन्सारमा आएर रोकिएको छ । ती सामान आउनासाथ त्यसको परिक्षण सुरु हुने छ’, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले भने ।

पुनका अनुसार नेपालमा रहेका सबै पुराना गाडीलाई इलेक्ट्रीकमा परिमार्जन गर्न सकिन्छ । त्यसले पैसा बाहिर जानबाट जोगाउछ भने विद्युत उपभोग बढाउँछ । ‘मैले नेपाल विद्युत प्राधिकरणलाई प्रस्ताव गरेको छु । त्यो काम प्राधिकरणबाटै हुन सक्यो भने राम्रो संदेश जान्छ । अहिले प्राधिकरणसँग थुप्रै पुराना गाडी छन्’, पुनले भने ।