Tuesday, August 11

सबैभन्दा सस्तो, स्प्लिट सिट सहित सार्वजनिक भयो बजाज पल्सर १२५

सबैभन्दा सस्तो, स्प्लिट सिट सहित सार्वजनिक भयो बजाज पल्सर १२५

बजाज अटोले सबैभन्दा सस्तो पल्सर १२५ नयाँ स्प्लिट सिट भेरिएन्ट लन्च गरेको छ । सो बाइकको मूल्य ७९ हजार ०९१ भारु तोकिएको छ । सो बाइकको फ्रन्टमा डिस्क ब्रेक स्ट्यान्डर्ड समावेश गरेको छ । सिं;गल सिट भएको पल्सर १२५ को मूल्य डिस्क ब्रेक भेरिएन्टको भन्दा ३ हजार ५९७ र ड्रम ब्रेक भेरिएन्टको भन्दा ८ हजार ०९६ भारु महँगो रहेको छ ।

बजाज पल्सर १२५ मा नयाँ स्प्लिट सिट, स्प्लिट ग्र्याब रेल र स्पोर्टी बेली प्यान समावेश गरिएको छ । सो बाइक ३ रङ ब्ल्याक रेड, ब्ल्याक सिल्भर र मेट ब्ल्याकको साथमा नियोन ग्रीनमा उपलब्ध रहेको छ ।

नयाँ पल्सर १२५ स्प्लिट सिट बाइक ट्वीन पायलट ल्याम्पको साथमा वुल्फ आई हेडल्याम्प क्लस्टर र इन्फिनिटी ट्वीन स्ट्रिप एलईडी टेलल्याम्पको साथमा उपलब्ध रहेको छ । यसको फ्युल ट्यांक र रियर काउलमा ३डी लोगो समावेश गरेको छ । बाइकमा क्लिप अन ह्यान्डलबार रहेको छ । अलोय ह्वीलमा बाइकको रङका आधारमा नियोन हाइलाइट समावेश गरेको छ ।

नयाँ पल्सर १२५ स्प्लिट सीटमा स्ट्यान्डर्ड पल्सर १२५ इन्जिन समावेश गरिएको छ । बीएस६ कम्प्लायन्ट १२५ सीसीको सो इन्जिनले ८५०० आरपीएमा ११.६ बीएचपीको पावर र ६५०० आरपीएममा १०.८ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड गियरबक्स समावेश गरेको छ ।

नयाँ पल्सर १२५को फ्रन्टमा २४० एमएम डिस्क र रियरमा १३० एमएम ड्रम ब्रेक समावेश गरेको छ । बाइकको ह्वील १७ इन्चको रहेको छ । सो बाइकको फ्रन्टमा ३१ एमएम टेलेस्कोपिक फोक्र्स र रियरमा ट्वीन ग्याँस चाज्र्ड शक एब्जर्बर्स सस्पेन्सन रहेको छ । बजाजको सो नयाँ बाइकको प्रतिस्पर्धा होन्डा एसपी १२५ र हिरो ग्ल्यामर जस्ता बाइकसँग हुनेछ ।