Sunday, February 28

आज घट्यो सुनको मुल्यो तोलाको कतिमा कारोबार हुदै छ त हेर्नुहोस्….

2021-02-12 751

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
स्थानिय बजारमा शुक्रवार सुनको भाउ रू. ६०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९० हजार ९०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू ९१ हजार ५०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. ६०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ४०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९१ हजारमा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । बिहीवार प्रतितोला रू. एक हजार ३१५ मा कारोबार भएको चाँदी शुक्रवार प्रतितोला रू. एक हजार ३२० खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी रू. ५ ले बढेको हो ।

प्रतिकृया दिनुहोस्