Tuesday, August 11

कोरोनाबाट थप एक जनाकाे मृ,त्यु, मृतकको संख्या ३३ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड-१९)ले थप एक जनाको मृ,त्यु भएको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशकाे अनुसार गाेरखा पालुङटार नगरपालिका- ७ का ४४ वर्षीय पुरूषकाे मृ;त्यु भएकाे हाे ।

गोरखा अस्पतालमा उपचाररत उनकाे शनिबार  साँढे पाँचबजे मृ,त्यु भएको गोरखा अस्पतालले जनाएको छ । कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोनाले मृ,त्यु हुनेको संख्या ३३ पुगेको छ।