Tuesday, August 11

पोखरामा पेट्रोल पम्पबाट तेल हालेर निस्किएको मोटरसाइकल अर्को सवारीसँग ठो,क्कियो: आगोले बल्यो, बन्यो खरानी (भिडियो सहित)

पोखरा । पोखराको नयाँबजारमा दुईवटा मोटरसाईकल दुर्घट्ना हुदा जलेर नष्ट भएका छन् । नयाँबजार स्थित बृहस्पति पेट्रोल पम्पबाट तेल हालेर निस्किएको मोटर र नयाँबजारबाट पृथ्वीचोक तर्फ जादै गरेको मोटर साईकल आपसमा ठक्कर खादाँ सो दुर्घ;ट्ना भएको हो ।

दुर्घटनामा ग १४ प ३८६१ नम्बरको पल्सर २२० र ग१६प ४४४१ नंम्बरको सुपर स्पिलिन्डर मोटरसाईकल आपसमा ठोक्किएर दु^र्घट्ना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एंव डिएसपि सुवास हमालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घट्नामा परि ४ जना सामान्य घाईते भएका छन् ।

उनिहरुको दाहिने हातमा चोट लागेको र उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको प्रवक्ता हमालले बताउनुभयो ।

दुर्घ,ट्ना लगत्तै आगालागि भएकाले मोटरसाईकलहरु जलेर पुर्ण रुपमा नष्ट भएका छन् । आगो निभाउन दमकल समेत आउनुपरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुर्घट्ना स्थलको नजिकै पेट्रोल पम्प समेत रहेकाले ठुलो दु*र्घट्ना हुनबाट बचेको स्थानियहरुले बताएका छन् ।

भिडियो हेर्नुहोस्..