Tuesday, October 20

साझपख आयो सिलवाल लाई खुसिको खबर…

७ फागुन, ललितपुर । बहुचर्चित प्रतिनिधि सभा सदस्य नवराज सिलवालमाथि शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिशोधपूर्ण ढंगले गरेको षड्यन्त्रको श्रृंखला सकिएसंगै नवराज सिलवालको संसद प्रवेशको चर्चा चुलिएको छ । नियोजित ढंगले सिलवाललाई बदनाम गर्न लगाइएका आरोप र आइजीपी प्रकाश अर्यालले प्रतिष्पर्धिमाथि राखेको बदनियतपूर्ण व्यवहारको जनताबाट व्यापक आलोचना भएकै बेला शेरबहादुरकाे

बहीगर्मन र अाेलीकाे अागमनले सिलवाललाई संसद सदस्यमा प्भावकारी भूमीकाले पखीर्एकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘खास’ टीममा  सिलवाललाई लगिने तयारी भएको छ । सर्वोच्च अदालतले कार्यसम्पादन मूल्यांकनमा आफूलाई पहिलो नम्बरमा राखेको दावी गर्दै दोश्रो पटक सर्वोच्च अदालत पुगेका सिलवाललाई प्रधान न्यायधिस गोपाल पराजुलीले मुद्धा खारेज गरिदिएपछि राजीनामा गरेका सिलवाललाई ओलीले गृहमन्त्री बनाउने संकेत सहित एमाले प्रवेश गराएर ललितपुर १ बाट प्रतिनिधि सभामा उम्मेदवार बनाएका थिए ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको खास सहयोगी तथा पारीवारिक नातेदार उदयसम्सेर राणालाई हराएर थप चर्चित बनेका सिलवाललाई निर्वाचन सकिएपछि पनि देउवा र राणाको लोभले थप दमन गर्न प्ररित बनायो र आइजीपी अर्याल, एआइजी जयबहादुर चन्द लगायतको अनुकुल प्रहरी फोर्स लगाएर सिलवालमाथि अपमान र दमन गरियो । अपमान, दमन र षड्यन्त्रहरुबीच फिल्मी शैलीमा लडेर चर्चामा आएका सिलवाललाई गृहमन्त्री बनाउन दवाव बढेसंगै एमाले र माओवादीभित्रका केही सिनयिर नेताहरुलाई गृह मन्त्रालयको माग छोड्न दवाव परेको छ ।

प्रधानमन्त्री र अन्य महत्वपूर्ण मन्त्रालयहरु नेकपा एमालेसंग रहने हुँदा माओवादीको लागि माग भएको गृह मन्त्रालय जसको भागमा भए पनि कामको क्षमता, परिस्थितिको आवश्यकता लगायतका कारणसिलवाललाई प्रधानमन्त्री ओलीले आफ्नो टीममा सम्मानजनक र प्रभावशाली जिम्मेवारी सहित लैजाने गरी तयारी गरेका छन् ।

संयुक्त राष्ट्रसंघ लगायतका विशिष्ट निकायहरुको समेत नजरमा सुरक्षा विज्ञका रुपमा चिनिएका सिलवाललाई राजनीतिक सन्नतुलनसहित गृहमन्त्री बनाउने विषयमा छलफल भईरहेको बुझिएको छ । प्रधानमन्त्री आफैंले गृहमन्त्री आफूसंग राखेरराज्यमन्त्रीको भूमीकामा लैजाने वा एमालेकै भागमा पारेर फूलमन्त्री दिने भन्ने विषयमा छलफल भईरहेको बताउँदै एक उच्च स्रोतले भन्यो -‘सिलवाल ओलीको खास टीममा रहनेछन् ।’ संसद भवनमा सपथ ग्रहणमा जाँदै ओली झण्डावाल गाडीमा मन्त्रीको हैसियतमा जाने उच्च सम्भावना रहेको समेत स्रोतको दावी छ । SOURCE: KHABAR CHAKRA