Wednesday, August 4

कारमा रानी मौरी थुनिएपछि दुई दिनसम्म २० हजार मौरीले २ दिनसम्म घेर्‍यो उक्त कारलाई- अन्ततः यसरी हटाइयो मौरी (भिडियो सहित)

2021-02-13 1684

कारमा रानी मौरी थुनिएपछि दुई दिनसम्म २० हजार मौरीले २ दिनसम्म घेर्‍यो उक्त कारलाई- अन्ततः यसरी हटाइयो मौरी (भिडियो सहित) काठमाडौं । बेलायतमा रानी मौरी कारको डिक्कीमा बन्द भएपछि मौरीको समूहले उक्त कारलाई घेरेको छ ।
हामीसबैलाई थाहा छ मौरीको एक रानी हुन्छ र अरु बाँकीरहेका मौरीको समूहले रानीको पिछा गर्छन् । वास्तवमा एक मौरीको समूहकी रानी मौरी कारको डिक्कीमा बन्द भएको थियो ।

त्यसपछि मौरीका २० हजार भन्दा मौरीले २ दिनसम्म उक्त कारको पिछा गरिरहे । समाचार अनुसार पश्चिम वेल्समा स्थित हावरवोर्डशायरमा बस्ने ६५ वर्षीया कैरोल होवार्थको कारमा मौरीका झुन्डले २ दिनसम्म पिछा गरिरहे । नेशनल पार्कका रेन्जर तथा अन्य मानिसहरुले मौरीको समुहलाई हटाउन धेरै कोशिश गरेपनि सकेनन् ।

कैरोल किनमेल गर्नलाई आफ्नो कार पार्कमा छाडेकी थिइन् । एक रिपोर्टको अनुसार उनको कारको डिक्कीमा अन्जानमा रानी मौरी घुसेको थियो र अन्य मौरीले उनको पिछा गरेका थिए । महिलाले मौरी धबाउन धेरै प्रयास गरिन् तर कति मौरीले त उनलाई टोकी दिए ।

यसरी मौरीको झुण्डले कारलाइृ घेरेको पहिलो पटक देखेको राजरले बताएका छन् । यस घटना देखेर सबै मानिसहरु अत्तालिएका थिए र आश्चर्य मान्दै फोटो लिनेको भिड थियो । मौरीको समुह तेज हावामा उड्थे र गति कम हुँदा बित्तिकै फेरी कारमा आएर बसिहाल्थे ।

एजेन्सीको सहयोगमा। हेर्नुहोस तलको भिडियो

प्रतिकृया दिनुहोस्