Monday, March 20

भाईरल अर्जुन विक र अञ्जलि अधिकारीको मार्मिक गित (भिडियो सहित)

2020-11-17 2688

गायक अर्जुन सापकोटा, पुर्णकला बिसी र विक्रम केसीको स्वरमा “हाँसो सँगै आँस नि लगि दिएको भए” बोलको मार्मिक लोकदोहोरी गीत मेशना म्युजिक युट्युब च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

केहि समय अगाडि सामाजिक सञ्जालमा भाइरल बनेका अर्जुन विकको वास्तविक जीवनमा घटेको घटनासँग मिल्दोजुल्दो छ । भिडियोमा पनि उनै अर्जुन विक र अञ्जलि अधिकारी र निशा राईको जीवन्त अभिनय देख्न सकिन्छ ।

श्रीमान छाडेपछि छोरालाई पिठ्युँमा बोकेर रिक्सा चलाउँदै द‌निक गुजारा चलाइरहेका अर्जुनलाई यतिबेला सुटिङमा भ्याइनभ्याई छ । धेरैले उनको वास्तविक जीवनमा आधारित गीतहरु लेखेर भिडियोको पात्रमा पनि उनैलाई छानिरहेको छ ।

भाइरल भइसकेपछि अर्जुनको धेरै भिडियो बजारमा आइसकेको छ र आउने क्रमपनि जारी रहेको उनी बताउँछन् । अमित बाबु रोकायले लेखेको यस गीतमा रोशन परियारले संगीत भरेका छन् भने विनोद बाजुरालीले एरेन्ज गरेका हुन् । यो भिडियोले अहिले सम्म १४ लाख भ्युज बटुलि सकेको छ।

विक्रम चौहानको निर्देशनमा बनेको मार्मिक गीतको भिडियो हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्