Saturday, September 26

सर्वाेच्च माथि नै औला उठाउदै यस्तो भने डा. केसीले….

काठमाडौं – अदालतको मानहानी मुद्धा खेपिरहेका डा. गोविन्द केसीले गलत कार्य गर्नेविरुद्ध बोल्दा अदालतको अवहेलना नहुने अडान दोहोर्‍याएका छन्। सर्वाेच्च अदालतमा ९ बुँदे लिखित जवाफ पेश गर्नेक्रममा डा केसीले आफु दृढ रहेको र संकल्पमा बाँचेकाले कसैविरुद्ध नडराउने बताए।

उनले भने,’ म निडर र दृढ छु । गलत कार्यलाई सही भन्दै भन्दिन।’

उनले जवाफपत्रमा आफुले मेडिकल क्षेत्रमा भएका विसंगतिविरुद्ध दिएका सार्वजनिक अभिव्यक्तिलाई आधार बनाई आफुविरुद्ध अवहेलनामा कारवाही माग गरिएको उल्लेख गरेका छन्।

आफु आफ्नो अभिव्यक्तिमा दृढ रहेको र आफ्नो भनाई गलत निर्णय दिने न्यायाधिशविरुद्ध भएको तर अदालतविरुद्ध नभएको लगायत जवाफ डा.केसीका छन्।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले डा. शशि शर्मालाई चिकित्साशास्त्र अध्ययन संस्थानमा पुनर्स्थापन गर्ने निर्णयपछि आक्रोशित डा. केसीले पराजुलीलाई ‘मेडिकल माफियाको मतियार’ भएको आरोप लगाउँदै त्यसविरुद्ध गत पुस २४ गते अनशन सुरु गरेका थिए।

डा. केसीको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सोही दिन साँझ नै उनलाई अनशनस्थलबाट पक्राउ गर्न सर्वोच्चले प्रहरी प्रशासनलाई आदेश दिएको थियो ।

उनको पक्राउपछि सर्वोच्चको व्यापक आलोचना भएपछि दुई दिनपछि डा. केसीलाई साधारण तारेखमा हिरासतबाट छाडिएको थियो।

समाचार स्रोत :-ललिगुराशबाट |