Wednesday, September 30

सुनको भाउ घट्यो, हेर्नूहोस यति पुग्यो आज…

फागुन ८, काठमाडौं । हिजो तोलामा १०० रुपैँयाले बढेको सुनको भाउ आज भने घटेको छ । आज सुन तोलामा २०० रुपैँयाले घटेको हो । त्यस्तै आज चाँदीको भाउ पनि ५ रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५७ हजार ८०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै नेपाली बजारमा आज चाँदी प्रतितोला ७ सय ४० रुपैँयामा कारोवार भइरहेको छ ।

हिजो नेपाली बजारमा सुनको भाउ तोलाको ५७ हजार रुपैँयामा कारोवार भएको थियो भने चाँदी तोलाको ७४५ रुपैँयामा कारोवार भएको थियो ।