Saturday, December 5

खोलामा खेसेकी चिनियाँ युवतीलाई बे लायती कू टनी, तिज्ञले बचा’ए (भिडियो बन्यो भाइ रल)

2020-11-17 112

एजेन्सी, २ मंसिर । चिप्लिएर खोलामा खसेको चिनियाँ एक युवतीलाई बेलायती महावाणिज्यदूत स्टेफन एलिसनले बचाएका छन् ।

गत शनिबार दक्षिण पश्चिम चीनको चोङछिङ सहरको नदीमा खसेकी २४ वर्षीया युवतीलाई उनले बचाएका हुन् । उक्त भिडियो अहिले चीन र बेलायतमा भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा युवती ढुंगामा चिप्लिएर नदीमा खस्छिन् । उनी खसेको भन्दा अलिकति तल सानो पुल छ । उनी डुबेर त्यही पुलभन्दा तल पुगिन् । त्यतिञ्जेल उनलाई बचाउन कोही तयार भएनन् । केहीबेरमा एलिसनले जुत्ता फुकाले र नदीमा हाम फाले ।

एलिसनले पौडेर ती युवतीलाई समाते । अनि कसैले फालेको रातो बेल्टको सहाराले उनलाई नदीबाट बाहिर निकाले । युवती खेला बाहिर निकाल्नको लागि एलिसनलाई अरुले पनि सहयोग गरेको देख्न सकिन्छ ।

एलिसनले आफ्नै ज्यानलाई जोखिममा राखेर ती युवतीलाई उद्धार गरेको भिडियो त्यहाँ उपस्थितले भिडिओ खिचेका थिए । अहिले त्यही भिडियाे दुबै देशका सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

एलिसनको उक्त कामलाई चिनियाँहरूले साहसिक र मानवीय काम भन्दै तारिफ गरेका छन् । लन्डन र बेइजिङस्थित दुबै देशका कूटनीतिक नियोगले एलिसनलाई धन्यवाद दिएका छन् ।

एलिसनलाई चोङछिङमा मात्र होइन पुरै चीनभरि सम्झिइने बेलायतस्थित चिनियाँ राजदूत लिउ सियाओमिङले बताएका छन् । उनले भनेका छन्- ‘चोङछिङका लागि बेलायती महावाणिज्यदूत स्टेफन एलिसनलाई सलाम छ । उनको नाम चोङछिङमा मात्र होइन पुरै चीनभरि सम्झिइनेछ । उनको बहादुरी र दयालुपनबारे लामो समयसम्म चीन-बेलायत मित्रतामा उद्धरण गरिनेछ।’

ती युवतीले पनि एलिसनलाई धन्यवाद दिँदै अर्को साता आफ्नो घरमा खानाका लागि निम्तो दिएको बेलायती पत्रिका द गार्डियनले उल्लेख गरेको छ । स्रोतः-न्युज२४नेपाल।

भिडियाे हेर्नुहाेस्

प्रतिकृया दिनुहोस्