सुनको मूल्यमा भारी गि’रावट आएको छ । बुधवार सुनुको मुल्य ८ महिना यता’कै सस्तो भएको हो । एकैदिन तोलामा एक हजार एक सय रुपैयाँ मुल्य घटेको ८ महिना यता यो पहि’लो पटक हो । बुधवार सुनको मुल्य ९० हजारभन्दा तल्लो अंकमा पुगेको छ । यसअघि सुनको भाउ हाल’सम्मकै उच्च प्रतितोलामा १ लाख ३ हजार ५ स’यसम्म पुगेको थियो ।
महासंघले बुध’बारका लागि छापावाल सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलवार छा’पावाल सुन ९० हजार ९ सयमा का’रोबार भएको थियो । यस्तै तेजाबी सुन १ हजार ५० रुपैयाँ घटेर ८९ हजार ३ सय ५० रुपैयाँमा झरेको महा’संघले जनाएको छ ।
मंग’लबार तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । मंगल’बारको भाउभन्दा २० रुपैयाँ सस्तो भएर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा चाँदीको कारोबार मूल्य तोकि’एको छ ।
कोरोना कह’रका कारण सरकारले सुन आयातको कोटा घटाएका कारण ब्यवसायीले सुन किन्न पाएका छैनन् । जसका कारण व’जारमा सुनको उच्च अभाव छ । बजारमा कच्चा सुनको चरम अभाव भएको नेपाल सुन चाँदी व्यवसायी महा’संघले जनाएको छ ।
दैनिक १५ किलोको दरले दैनिक आ’यात हुनुपर्ने सुन अहिले १० किलोमा झरेको छ । वजारमा सुनको हाहाकार भएपछि ब्यवसायीहरुले सर’कारलाई कोटा बढा’उन माग गरेका छन् । कोरो’नाका कारण अर्थतन्त्रमा असर पर्न सक्ने भन्दै गत चैत १६ गतेदेखि सुनको आयात कोटा प्रतिदिन १० कि’लोमा झारेको थियो । – इ ताजा खबर बाट
प्रतिकृया दिनुहोस्