Monday, August 10

गायक प्रकास सपुतले सिर्जना गरे सबैको मन रु;वाउने तिज गित ‘ बदला बरिलै ‘ केकी अधिकारीको अभिनयमा ( भिडियो सहित )

साउन – १७ , खेलाउन जस्तै देख्दो रैछ हामीलाई बरिलै समाजको दृष्टिले , छोरी भयर जन्मनु अभिशाप हो भने बरिलै नजन्माइदेउ स्रिष्टीले यहि शब्दले भाबुक बनायो अनि आखाका परेलीहरु रसाउन थाले।

समाजमा घटेका घटनामा आधारित मन छुने तिज गित बदला बरिलै गायक तथा सर्जक प्रकाश सपुतले सार्बजनिक गरेका छन्। हरेक वर्ष गायक सपुतले कुनै न कुनै गितबाट दर्शकहरुलाई भाबुक गराउने गर्छन साथसाथै जनचेतना पनि उत्तिकै दिने गर्छन।

यसपालिको तीजमा पनि उनले मन रुवाउने तिज गित बजारमा ल्याएका छन्। मिठो स्वरकी धनि गायिका देबी घर्तीको सुमधुर आवाजमा बहुप्रतिभाका धनि गायक तथा सर्जक प्रकाश सपुतको मन छुने शब्द तथा लय संकलनमा उनी सर्जक प्रकाश सपुतको धुरुक्कै रुवाउने तिज गित ‘बदला बरिलै’ बजारमा सार्बजनिक भयको छ।

भिडियोमा प्रकास सपुतले निर्देशन गरेका छन् भने प्रविन भट्टले सम्पादन गरेका छन् र अनिल के मानान्दरले छायांकन गरेका छन्। उक्त मन छुने तिज गीतमा केकी अधिकारी , ध्रुब कोइराला , हिउवाला गौतम , अर्जुन आचार्य , भद्र कुवर , सन्ध्या गौतम बराल को अभिनय रहेको छ। उक्त गीतलाई प्रकास सपुतले आफ्नै आधिकारीक युटुब च्यानल मार्फत सार्बजनिक गरेका छन्।-नौलोधुन

तलको भिडियो हेर्नुहोस्…