Sunday, August 9

एक दिनमै प’रिवर्तन बाबु छोराको: श्रीमतीलाई सम्झेर धर-धरी रो’ए (हेर्नुस् भि,डियो)

हिजो सामाजिक संजालमा एउटा बुवाले आफ्नो छोरालाई आमाले झैं पिठ्युमा कपडाले बाँधेर रिक्शा चलाईरहेको फोटो निकै भाइरल भयो । फोटो भाइरल भएको २४ घण्टा नबित्दै कैलालका अर्जुन बिक र उनका छोराका लागि अहिले सहयोग आएको छ । सधैं आफैँ आमा बनेर काँधमा लुगाले बाँधेर काममा जाने अर्जुनको छोराका लागि आज बच्चा बोक्ने झोला “बेबी क्यारियर” उपहार आएको छ ।

साथमा अर्जुनका छोराले नयाँ कपडा पनि पाएका छन् । आज उनी श्रीमतीलाई सम्झेर धरधरी रोएका छन् । सँगै जीउने सँगै म’र्ने कसम खाएकी श्रीमतीले दुधे बालकलाई छोडेर चट्टक्कै माया मा’रेर गएपछि आज उनले आँशु थाम्न सकेनन् । देश तथा विदेशबाट सहयोगी मनहरुले उनले छोराका लागि गरेको संघर्ष देखेर सहयोगको हात अगाडी बढाउनु भएको छ ।

कैलाली घर भई हाल काठमाडौँमा ज्याला मजदुरी गर्दै आएका अर्जुन बिक एक छोराका बाबु हुन् । श्रीमतीले छोरा ४ महिनाको हुँदा छोडेर गएपछि अहिले अर्जुनले आफ्ना छोरालाई आमा र बाबा दुवै बनेर हुर्काई रहेका छन् ।

छोराको उज्ज्वल भबिष्यका लागि दिन रात परिश्रम गरिरहेका छन् । अर्जुन बिक दैनिक रुपमा यसरी नै आफ्नो सन्तान बोकेर ठेलामा समान ढुवानी सेवा गर्छन् । सन्तान प्रतिको अथाह माया तथा जिम्मेवारी एउटा बाबाको परिश्रममा देखिने रहेछ। ‬त्यसको उदाहरण हुन्, अर्जुन ।उनलाई अझौ पनि तपाईहरुको साथ र सहयोगको खाँचो छ ।

हेर्नुस् आमाको काख नपाएको छोराका लागि एउटा बाबुले गरेको संघर्ष र बाबु छोराको जीवनमा आएको परिवर्तन भिडियोमा :