Sunday, September 27

हराएको ब्याट्री गाडिएको आशंकामा खेत खन्दै गर्दा युवतीको लाश निस्किएपछि…

इरिक्साको ब्याट्री हराएपछि त्यही ब्याट्री गाडिएको आशंकामा खेत खन्दा एक युवतीको लाश निस्किएको छ । सोमबार ब्याट्री गाडिएको आशंकामा खेत खनिएको थियो । भारतको बिहार बेगुसरायमा नौलखा मन्दिर नजिकै बस्ने राजकुमारले खेतमा जाँदा त्यहाँ भर्खरै खनिएको देखेका थिए ।

सोमबार बिहान मात्रै राजकुमारका छिमेकीको इ–रिक्शाको ब्याट्री चोरी भएको राजकुमारले थाहा पाएका थिए । चोरले आफ्नो खेतका त्यही ब्याट्री गाडेको हुन सक्ने आशंकामा उनले खेत खन्न थाले । अचानक गाडिएको ठाउँबाट युवतीको लाश निस्किएपछि उनको होसहवास उड्यो । आत्तिएर उनले प्रहरीलाई यसको खबर गरे । प्रहरी चौकीमा ती युवती भर्खरै भागेर विवाह गरेकी प्रियंका मिश्रा भएको खुलेको छ ।

ती युवतीले अगष्ट २०१७ मा आफ्नै गाउँमा क्रुणाल सिंहसँग भागेर विवाह गरेकी थिइन् । प्रियंकाले केही समयअगाडि प्रहरीमा आफ्ना परिवारविरुद्ध दाइजोका कारण हिंसा, यौन शोषण र ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी पनि दर्ता गराएकी थिइन् । डिसेम्बरमा क्रुणाले दोस्रो बिहेको तयारी गरेको थाहा पाएपछि प्रियंकाले प्रहरीमा उजुरी दिएकी थिइन् । यही कारण क्रुणालको बिहे रोकिएको थियो । प्रहरीले प्रियंकाको हत्या क्रुणाल र उनको परिवारले गरेको आशंकासहित पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

SOURCE :- Dcnepal