Wednesday, September 30

सरोज र आश्माको बेजोड अभिनय गायक टङ्क बुढाथोकी र बुनु उप्रेतीको स्वरमा नयाँ गीत (भिडियो सहित)

गायक टङ्क बुढाथोकी र बुनु उप्रेतीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘तोरी तेल २’ बोलको म्युजिक भिडियो शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा गायक टङ्क कै शब्द तथा सङ्गीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । पछिल्लो समय सरोज र आश्मा फिचर्ड म्युजिक भिडियोहरु एक पछि अर्को गर्दै रिलिज भइरहेका छन् । उनीहरूको नृत्य र अभिनय दर्शकले पनि उत्तिकै रुचाइरहेका छन् । यस भिडियोमा पनि यी दुईको अभिनय र प्रस्तुति दर्शकको मन जित्ने खालको छ ।

गीतमा यी दुईलाई गम्भीर विष्टले कोरियोग्राफ गरेका हुन् भने भिडियो निर्देशन पनि विष्टले नै गरेका हुन् । फरक कन्सेप्ट र फरक शैलीको प्रस्तुति सहित बनेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् । गीतमा आफूलाई मन परेको मान्छेको बारेमा प्रशंसा गरेर आमा बुवालाई मनाएको कुरा प्रस्तुत गरिएको छ ।

>भिडियो हेर्नुहोस्…