Sunday, September 20

इन्काउन्टरमा मारिएका मनोज पुनवाट भेटीयो यस्तो नक्कली चिज

काठमाडौं, ९ फागुन । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोजले नक्कली राहदानी, नागरिकता र एटिएम बोक्ने गरेको पाइएको छ । प्रहरीले पुनसँग रहेको नक्कली राहदानी सहित अन्य कागजात बरामद गरेको छ ।

बुधबार बिहानै प्रहरीको जवाफी फायरिङमा मारिएका पुनसँग सन् २०१५ अक्टोबर २ मा नवलपरासीबाट बनाएका नक्कली एमआरपी पासपोर्ट रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । आफ्नै सक्कल फोटो राखेर पुनले सुनिल कुमार रानाको नामको राहदानी प्रयोग गर्दै आएको अनुसन्धानमा देखिएको हो ।

उनले लिएको पासपोर्टमा भने कुनै पनि देशको भिसा लागेको छैन । उनले पासपोर्ट मात्र होइन नागरिकता समेत नक्कली बोकेका थिए । उनीसंग त्यो बाहेक अरु पनि नक्कली राहदानी रहेको प्रहरीले जनाएको छ ।

पुनको साथबाट प्रहरीले हतियारसहित एक थान पासपोर्ट र एटिएम कार्ड समेत बरामद गरेको छ । प्रहरीले बरामद गरेको एटिएम समेत नक्कली भएको खुल्न आएको हो।-लाइटनेपालबाट।