Wednesday, September 30

सडकका कु;कुरलाई खाना खुवाउने युवती, कुकुरसँग लभ परेको हो भन्दा यसरी ल,जाइन् (भिडियो सहित)

काठमाण्डौं’-सडकमा बस्ने सामुदायिक कुकुरकी अविभावक हुन् प्रतिमा अधिकारी ।

उनले काठमाण्डौं महानगरपालिका वडा नम्वर १० बानेश्वर वरपरका सडकमा बस्ने सामुदायिक कुकुरलाई नियमित रुपमा खाना खुवाउँदै आएकी छन् ।

अस्मिताले कोरानाको संक्रम बढ्दै जाँदा सरकारले जारी गरेको लकडाउनपछि भने समुदायमा रहेका अन्य कुकुरलाई पनि खाना खुवाउन थालेकी हुन् ।

लकडाउनका कारण सडकका कुकुर भोकभोकै मर्ने डरले खाना खुवाउन थालेको उनको भनाइ छ । ‘मेरो घरमा पनि कुकुर छन्’ उनले भनिन्, ‘बच्चादेखिनै कुकुर भनेपछि हुरुक्कै हुने गर्थे ।’

‘पहिला घरवरपरका कुकुरलाई बिस्कुट, खाना खुवाउने गरेका थियौ’ उनले भनिन्, ‘लकडाउनपछि भने बानेश्वर वरपरका धेरै कुकुरलाई खाना खुवाउन थालेका हौं ।’

बेलुका साढे सात बजेपछि प्रतिमा र उनकी आमा झोलामा कुकुरको खाना बोकेर सडकमा निस्कन्छन् ।

प्रतिमाले दिनभरी अफिसको काम गर्छिन् भने उनकी आमाले पसल चलाउछिन् ।

छोरी प्रतिमाको अफिस बिदा हुन्छ अनि आमा पनि पसल बन्द गरेर घर फर्किने बेलामा सडकका सामुदिक कुकुरलाई खाना खुवाउँदै घर फर्किन्छन् ।

उनीहरुले सडकका कुकुरलाइ खाना खुवाउने खर्च दैनिक रुपमा छुट्याउने गरेका छन् ।

‘दिनको २ सय रुपैँया बचत गर्ने गरेका छौ’ कुकुरलाइ खाना खुवाउँदै प्रतिमाले भनिन्, ‘घरमा हुने नियमित खर्च जस्तै यिनिहरुलाइ खाना खुवाउँदा लाग्ने खर्च पनि अलग्गै राख्ने गरेका छौ ।’

हेर्नुहाेस् भिडियाेः