Wednesday, September 30

गोंगबु ह, त्या प्रकरणमा अर्को डर,लाग्दो रहस्य .. भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

काठमाडौं, साउन २७ । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको ह,त्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्क,र्ष रहेको छ । प्रहरीले ह,त्या भएको घरसमेत सोमबार फेला पारेको छ । प्रहरीले आइतबार ह, त्यापछि जेब्रा झोलामा टाउको र खुट्टा तथा घाँटी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हालेर फ्याँ,किएको अवस्था,मा श,व फेला पारेको थियो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहानै मृ,त व्यक्तिको फोटो सार्वजनिक गरेपछि मृ,तकको पहिचान भएको थियो । प्रहरीले दिउँसो करिब तीन बजे सुटकेसमा शव फ्याँकिएको करिब ५० मिटर परको दुरीमा साढे तीन तले हरियो घरमा ह,त्या भएको नि,ष्कर्ष निकालेको हो ।

प्रहरी स्रोतका अनुसार शव भेटिएको स्थानभन्दा ५० मिटर पर नवज्योतिमार्गस्थित सो घरको दोस्रो तलामा दाङका कृष्णबहादुर बोहोराको ह,त्या भएको प्रहरीको प्रारम्भिक निष्क,र्ष छ ।

प्रहरीले ह,त्यामा संलग्न व्यक्तिलाई समेत चितवनबाट पक्राउ गरिसकेको छ । उनी महिला भएको र ह, त्यापछि शव फालेर चितवन गएको देखिएको प्रहरी उच्च स्रोत बताउँछ ।

तर, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने ह,त्याको अनुसन्धानका क्रममा धेरैलाई सोधपुछका लागि बोलाइएको र छाडिएको तर सोमबार साँझसम्म ह,त्यामा संलग्न व्यक्ति प,क्राउ नपरेको बताए ।

‘ह,त्याको अनुसन्धानका क्रममा धेरैलाई सोधपुछका लागि बोलाइएको छ र छाडिएको छ तर सोमबार साँझसम्म ह,त्यामा संलग्न व्यक्ति प,क्राउ परिसकेका छैनन्, अनुसन्धान जारी छ,’ परिसर काठमाडौंका प्रमुख ज्ञवालीले राजधानीसँग भने ।राजधानी दैनिकमा खबर छ ।

प्रहरी उच्च स्रोतका अनुसार शव फालिएको स्थान नजिकैका तीन तले घरको दोस्रो तलामा रहेको भान्छा कोठामा बोहोराको ह,त्या गरिएको प्रहरी अुसन्धानले देखाएको छ । भान्छाकोठा ९किचन०मा घाँटीमाथिको भाग छिनाएपछि ट्वाइलेटमा लगेर घुँ,डामाथिको भाग छिनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।

प्रहरीले सोमबार दिउँसो नै बोहोराको ह,त्या गरिएको घरलाई घेरा हालेर ह,त्या गरिएको स्थानको मु,चुल्कासमेत तयार गरिसकेको छ ।