Wednesday, September 30

बिजय शाहीले आफ्नो मेमोरी पावर देखाउदा माग्ने बुडो तिन छ,क्क, दिएका थिए नेपाल मै एउटा मात्र भएको किताव पढ्न (भिडियो हेर्नुहोस्)

काठमाडौँ, २६ साउन । केहि सेकेन्ड मै पुरा किताबको पेज याद गर्न सक्ने बिजय शाही पछिल्लो समय बिबादमा पनि आएका छन । सुरुमा उनको प्रतिभालाई सबैले वावाही गरेपनि रिपोर्टर्स क्लवमा भएको घटना पछी भने धेरैले आशंका पनि गर्दै आएका छन ।

यसै बीच चर्चित कमेडियन कलाकार केदार घिमिरे माग्ने बुढाको सामु बिजय शाहीले डेमो दिएका छन । कलाकार घिमिरेले शाहीलाई नेपालमा एक मात्र भएको किताव पढ्न लगाएका थिए । कमेडी सम्बन्धि उक्त अंग्रेजी कितावको एक देखि २५ पेज सम्म पढ्न लगाएर १९ र २० नम्बर पेजको शब्द भने लेख्न लगाएका थिए ।

कुनै चलाखी हुन्छ कि भनेर निक्कै सतर्कताका साथ डेमो लिएका कलाकार घिमिरे बिजय शाहीको मेमरीको नतिजा देखेर नतमस्तक भएका थिए । उनको यो प्रतिभालाई देखेर सम्बन्धित निकायलाई ध्यान दिन समेत अनुरोध गरेका थिए ।

कलाकार माग्ने बुढाले बिजय शाहीलाई शुभकामना दिदै भविष्यमा फर्मुला सिकाउने भए आफु पहिलो बिद्यार्थी बन्ने समेत प्रतिबद्दता गरेका छन ।

हेर्नुहोस उनको डेमोको पुरा भिडियो ।