Tuesday, October 27

“राजनीतिमा युवालाई गुन्डाको रुपमा प्रयोग, अपराधी बनाएर मार्ने”

लेखक : पदम सिंह ठगुन्ना ( हाल जापान )  हतियार भएका राज्यका सुरक्षाकर्मीले हामी नै राज्य हो जसरी कानुन हातमा लिएर नागरीकलाई वा जो सुकै होस ईन्काउन्टरको नाममा मार्ने असफल र कायर सुरक्षा रणनीति अपनाउन मानवीय राज्यको लागि राम्रो संकेत होईन र समाधान पनि होईन। कानुनी राज्य, कानुनी शासन, मानव अधिकार, बाँच्नु पाउने अधिकार प्राकृतिक अधिकार हो, प्रत्येक नागरीकले बाँच्नु पाउनपर्छ, मानव अधिकार सम्बन्धि विभिन्न अन्तराष्ट्रिय सन्धि सम्झौताको पालना गर्नु नेपाल जस्तो विश्वकै एक प्रजातान्त्रीक जागरणयुक्त देशको कर्तव्य पनि हो। बडे बडे युद्दमा समेत मानव अधिकार र कानुन आकर्षित हुन्छ ताकी नरसंहार र युद्दअपराधको मुद्दा लाग्ने सम्भावना रहन्छ।

मार्ने नै हो भने त कानुन किन चाहियो, सुरक्षाकर्मी सब्द किन झुन्ड्याउन पर्यो, जेल र सुधार गृहहरु किन बनाउन पर्यो, दण्ड जरीवानाको व्यवस्था किन गर्नु पर्यो। राज्यले ईन्काउन्टर सुरक्षा रणनीति अवलम्बन गर्ने हो भने कानुनी रुपमा बनाउ। बरु सक्छौ भने जधन्य अपराधमा मृत्यु दण्डको प्रावधान बनाउ। महाभ्र्ष्ट्रहरु देशद्रोही नै हुन सक्छौ भने तिनलाई कडा दण्ड गर्नुहोस। हैन भने गोठमा बाधेको भैसि चुटेर कोही बहादुर हुन सक्दैन। राज्यको शक्ति र पदको चरम दुरुपयोग भएको छ। अपराधशास्त्र कहिल्यै पनि अपराधीको मृत्यु वरण गराउदैन सुधारेर सही मान्छे बनाउँछ। तानाशाहहरुको राज्यमा मात्र अपराध मात्र हैन गरीबी नियन्त्रण पनि मारेर हुन्छ।

अन्य देशको तुलनामा नेपालमा गुन्डागर्दी युवाहरु छदै छैनन् छन् भने पनि नेता र राजनीतिक दलहरुले उत्पादन गरेका र बनाएका गुन्डाहरु छन् जसलाई नेता र राजनीतिक दलहरुले सकुन्जेल आफ्नो स्वार्थमा चरम दुरुपयोग गर्छन् जब आफुले प्रयोग गर्नु सक्दैनन् काबु बाहिर जान्छन तब तिनै नेता र राजनीतिक दलहरु उक्त गुन्डालाई अपराधीकरण गर्छन् परीस्थिती अनियन्त्रीत भएपछि फेरी तिनै नेता र राजनीतिक दलहरु तथा बैधानिक हतियारवाला प्रहरीसँगको साँठगाँठमा ईन्काउन्टर गराउन बाध्य हुन्छन्। कानुनी राजको खिल्ली उडाउछन्। राजनीतिकरण भएको नेपाल प्रहरी राजनीतिक दलहरुको साँठगाँठ विना ईन्काउन्टर गर्ने हैसियत पनि राख्नु सक्दैन। मार्नु समाधान हुनै सक्दैन सुधार गर्नु र सुधार्नु समाधन हुनसक्छ। रत्नाकर डाकु त वाल्मीकी बने सवैले भन्नु सक्ने तर कसैले कसैलाई पनि वाल्मीकी बनाउन नसक्ने बरु मार्ने कायरता कदापि समाधान हैन।

हाम्रो राज्यको प्रहरी त यति सक्षम थिएन जस्तो लाग्छ, मान्नैपर्छ राजनीतिक प्रहरीहरुलाई। राज्यको प्रहरी त संचारकर्मी जमिन शाहलाई भारतवाट आएका सुटरले आँखै अगाडी मार्दा केही गर्नु नसकेको हो भने प्रकाश दाहालको बेडमै “र” पुगेको भन्ने छ झिंगा पनि देखैन्। पत्तै पाएन। तर राजनीतिक प्रहरी चाही कडा रहेछ बम्मैमा लुकेको नेपालीलाई नेपालवाटै देख्ने र त पक्रेर ल्याएर बुद्दको शान्ति भुमिमा रुपन्देही ल्याएर ईन्काउन्टर गर्यो रगत बगायो। मर्णोपरान्त पनि बुद्दम सरणम गच्छामी।कता कता लाग्छ की नेपालमा धेरै नेता यस्ता छन जसले युवालाई गुन्डा बनाएर उत्पादन गर्छन अपराधी बनाएर राजनीतिक प्रहरी लगाएर मार्छन्।

त्यसैले प्रत्येक नेपाली युवा कसैको लागि पनि अवैधानिक प्रयोगको वस्तु नबनौं जसवाट अन्तिम अकाल मृत्यु नभोगौं। असल नागरीक बनौ। राष्ट्रको सच्चा चेतनशील र कर्तव्यनिष्ठ युवा बनौं।कसैलाई पनि यो सुन्दर जिवन फुलवारीको मृत्युको तमसुक पत्र लेखेर नदिऔं। कुनै असक्षम अमुकलाई कथित सक्षम बनाउन मृत्युको गोरेटो नकोरौं। आफु सक्षम बनौ राष्ट्र सक्षम बनाऔं। धन्यबाद।

यो लेख हामीले लेखक : पदम सिंह ठगुन्ना ( हाल जापान ) सत्य -समाचारबाट लेखा हौ |