Sunday, September 27

देशलाई सुशासन तर्फ डोर्याउदै प्रधानमन्त्री ओलीले दिए विदेश भ्रमण रोक्न कडा निर्देशन..

सरकारी कर्मचारीले अनुत्पादक रूपमा विदेश भ्रमण गरेको गुनासो बढिरहेका बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरकारी कार्यालयको तर्फबाट हुने सबैखाले विदेश भ्रमण रोक्न निर्देशनत्मक आदेश जारी गरेको छ ।

निर्देशनअनुसार अर्थ मन्त्रालयले स्वीकृत गरिसकेका भ्रमणहरू समेत रद्द हुनेछन् । अर्को सूचना जारी नभएसम्म स्वीकृत सबै सरकारी निकायका विदेश भ्रमण रोक्का भएका हुन् । बिहीबार जारी भएको निर्देशनको अवज्ञा गर्ने कर्मचारीलाइ कडा कारवाही गर्ने चेतावनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दिएको छ ।

मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार सरकारले विदेश भ्रमणका सन्दर्भमा अलग्गै मापदण्ड बनाउने तयारी थालेको छ । त्यसकै पहिलो कदमको रूपमा बिहीबार यस्तो निर्देशन जारी गरिएको हो । from subhadin