Monday, April 19

पल शाह र मलिकाको ‘टाढा भएपनि’ गीतले राख्यो यु; टुबमा नयाँ रेकर्ड (भिडियो सहित)

2021-03-01 309

गीतको अडियो मजबुत बन्यो भने यसले दर्शकको माया पाउँछ भन्ने उदाहरण पछिल्ला केही गीतहरुले देखाइरहेका छन् । दर्शक तथा श्रोताको अत्याधिक माया पाएका कारण ‘फुलबुट्टे सारी’ बोलको गीतले युटुबमा छोटो समयमा नै लोकप्रियता हासिल गर्यो ।यो गीत सार्वजनिक भएको १८ दिनमा १ करोड भन्दा बढी दर्शकले हेरे । हरेक बर्गका दर्शकले यो गीतलाई रुचाएका छन् ।अब, यो गीतले युटुबमा सवैभन्दा छोटो समयमा राखेको रेकर्डलाई ‘टाढा भएपनि’ बोलको गीतले तोडेको छ ।

यो गीतलाई युटुबमा सार्वजनिक भएको १५ दिनमै १ करोड भ्यूज मिलेको छ ।अस्मिता अधिकारीको स्वर, उर्गेन दोङको शब्द तथा संगीतमा तयार भएको यो गीतलाई युटुबमा १५ दिनमै १ करोड पटक हेरिएको हो । सवैभन्दा कम दिनमै १ करोड भ्यूज बटुल्ने गीतको रुपमा ‘टाढा भएपनि’ चित्रित भएको छ । यो गीतको भिडियोमा नायक पल शाह र नायिका मलिका महत्तले अभिनय गरेका छन् । यो जोडीलाई दर्शकले रुचाएका छन् ।

नायक पल शाहले गीतले छोटो समयमा नै नयाँ रेकर्ड राखेको भन्दै खुशी व्यक्त गरे । यो गीतले २४ घन्टामा ९ लाख ७२ हजार भ्यूज कमाउँदै एक दिनमा सबैभन्दा धेरै पटक हेरिएको गीतको रेकर्ड पनि राखेको थियो ।

तलको भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्