Monday, September 28

८ बर्षिया बालिका प्रेन्सा रेग्मीको यति महान काम (भिडियो)

काठमाण्डौं/ कोरोनाको माहामारी दिन प्रति दिन बढ्दैछ । यसले धेरैलाई नोक्सान पुराएको छ । जस्तै खान, लाउन, लगायत घरायसीमा समस्या आएको छ ।

यसैक्रममा, पोखराको बिरौटामा यी ८ बर्षिया बालिका प्रेन्सा रेग्मीले पैसा हुनेलाइ सस्तोमा र नहुनेलाइ निशुल्क मास्क बितरण गरेकि थिइन् र हाले उनले माक्सका साथै फुड बैंक समेत खोलेकी छिन् ।

फुड बैंकमा हुनेले खानेकुरा सहयोग गर्ने र नहुनेले निशुल्क लैजान सक्ने उनको भनाइ छ । ८ बर्षेको उमेरमा उनले गरेको यो काम देखेर दर्शकहरु निकै खुशी हुनु भएको छ ।

८ बर्षेको उमेर मै यस्तो मनकरी काम गर्ने सोच कसरी आयो त ? यति सानो उमेर मै ठूलाबडाले गर्ने कुराकानी गर्छिन् । उनी भन्छिन्, म आफ्नो पढाई सँगै यस कामलाई ध्यान दिन्छु ।

बाँकि भिडियोमा हेर्नुहोस्