Sunday, September 27

घरबेटीले श्रीमानको ह ‘त्या गरेपछि नितुको चित्का,र- अब हामीलाई क,सले हेर्छ ? (भिडियो सहित)

काठमाडौं– सुरुमै पी’डित पक्षले आग्रह गरे– यो ठेगाना चाँही नलेखिदिनुस् है, फेरि यहीँ आएर मा’र्लान् । आइतबार दिउँसो ४ बजे तिर सानो गल्लीबाट छिर्दै केराको गोदामले भरिएको घरको तेश्रो तल्लामा चढेप छि हामी उनको कोठामा पुग्यौँ । वरिपरि तरकारी राख्ने क्यारेट, केही थान डोका छरपस्ट थिए । छेवैमा थियो, फलफुल बोक्ने एउटा पुरानो साइकल ।

र, भुईमा आफ्ना तीन छोरा सहित ओछ्यान लगाएर सुति रहेकी थिइन्, नितु महतो । ‘मलाई थाहा छैन, हाम्रो शम्भु कहाँ छ,’ श्रीमान्को ह,त्या भएको दुई दिनपछि रुँ’दारुँदा ग’लिसकेको स्वरमै भएपनि उनी बोलिरहेकी थिइन्, ‘ न हाम्रो घर छ, न केही । मेरा तीनटा बच्चा छन्, अब यिनीहरुलाई कसले खान दिन्छ, कसले पढाइदिन्छ ? मलाई मेरो शम्भु चाहिन्छ ।’

पतिको ह,त्या यता उनले केही खाएकी छैनन्। सिर्फ, श्रीमानको न्या’यका खा’तिर चि’च्याइ रहेकी छिन्, जोड-जोडले रो’इरहेकी छन्। ‘म केस ल’डेरै छाड्छु, मेरो श्रीमान् मा,र्नेलाई फा,सी दिलाएरै छाड्छु,’ अ’वरुद्ध ग’लाकै सहारामा उनी हामी सँग बोल्न तयार भइन्, ‘मलाई पैसा-कौडी केही चाँहिदैन, शम्भु चाहिन्छ।’

बारम्बार उनी हामीसँग एउटै कुरा दोर्याइरहेकी थिइन्, ‘अब कसले हेर्छ हामीलाई। मलाई केही चाहिँदैन, मलाई शम्भु चाहिन्छ।’ शुक्रबार दिउँसो डेरावालको कु,टपिट र आग्लो प्र’हारबाट नितुका श्रीमान शम्भु महतोको मृ,त्यु भयो। काठमाडौं, कीर्तिपुर-६ स्थित भाजंगलमा स्थानीय प्रेमकृष्ण महर्जनको घरमा करिब १४ महिनादेखि श्रीमती र तीन छोरा (१५, १२ र ५ वर्षीय)सहित शम्भु डेरामा बस्दै आइरहेका थिए।

दुइटा कोठा लिएका थिए, प्रति महिनामा चार हजार रुपैयाँ भाडा तिर्थे । ४२ वर्षीया शम्भुको खास घर भारत मोतिहारी, पूर्वी चम्पारण ग्राम पोष्ट संग्रामपुर वडा नं ५ मा हो। करिब २२ वर्ष देखि उनी कीर्तिपुरमा कहिले माइक्रोका सहचालक त कहिले घर बनाउने मिस्त्रीको काम गर्दै पाँच जनाको परिवार चलाउँदै आइरहेका थिए।

भिडीयो यहाँ लिंकमा छ ।