Sunday, September 27

भारतको लोकसभा बैठकमा नेपाली भाषामै भारतीय सांसदले राखे यस्तो माग ( भिडियो सहित)

नेपालको संसद बैठकमा कैयौं मधेसी सांसदहरुले हिन्दी भाषामा बोल्ने गरेका छन् । सांसदहरुले शपथ पनि हिन्दी भाषामा लिने गरेका छन् ।

यस्तै अहिले भारतको लोकसभा बैठकमा पनि नेपाली मातृभाषा भएका भारतीय सांसदले नेपालीमा बोलेका छन् । भारतीय जनता पार्टीको सांसदको रुपमा दार्जिलिङबाट प्रतिनिधित्व गर्ने सांसद राजु बिष्टले लोकसभा बैठकमा नेपालीमा बोलेका हुन् ।

सांसद बिष्टले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्:-

मैले आज संसदमा, भारत सरकारसँग पहाड़का सिंह स्वर्गीय तेन्जिङ्ग नोर्गे शेर्पाज्यूलाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गर्न अनुरोध गरेँ।

२९ मई १९५३ मा एउटा नयाँ विश्व इतिहास रचिएको थियो जब तेन्जिङ्ग नोर्गे शेर्पा र एडमन्ड हिलेरी सगरमाथाको शिखरमा पहिलोपल्ट चढ्नमा सफल हुनुभएको थियो। यस अभूतपूर्व सफलता हासिल गरेर उहाँहरूले इतिहास त बनाउनुभयो नै, साथै आफ्नो लगनशीलता, प्रशिक्षण र संकल्पको उदाहरण प्रस्तुत गर्नुभएको थियो।
उहाँहरूको यो अभूतपूर्व सफलताको विश्वले आजसम्म गुणगान गर्दछ।

मैले संसदलाई “असाधारण परिस्थितिहरूका बावजूद तेन्जिङ्ग नोर्गे शेर्पाले कसरी सगरमाथाको शिखरमा पुगेर समग्र विश्वसामु एक Icon बन्न पुग्नुभयो” भन्ने सम्झना गराएँ।

यस असाधारण उपलब्धिलाई मान्यता दिँदै, तेन्जिङ्ग नोर्गो शेर्पालाई सन् १९५३ मा नै George Medal, Special Olympic Medal, Iran Shah Medal, Nepal Tara, USSR Special Medal, French Sports Special Medal का साथै अन्य कैयौँ प्रतिष्ठित Medal-हरूले सम्मानित गरिएको थियो।

उहाँलाई १९९९ मा Times Magazine द्वारा विश्वका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक घोषित गरिएको थियो। सन् २००० मा उहाँलाई Life Magazine द्वारा विश्वका १० सर्वश्रेष्ठ एथलीटहरूमध्ये एकजनाको रूपमा मान्यता प्रदान गरिएको थियो।

NASA ले PLUTO ग्रहका पहाड़हरूमध्ये एउटाको नामाकरण “Tenzing Montes” राखेर उहाँको साहसिक कार्यको सम्मान गरेको छ।

हाम्रो राष्ट्रले उहाँलाई प्रतिष्ठित सम्मान Padma Bhushan ले सम्मानित गरेको छ, साथै उहाँको नाममा Highest Adventure Sports Award स्थापना गरिएको छ। तरैपनि, उहाँको ऐतिहासिक उपलब्धि निम्ति दिइनुपर्ने सम्मान अझपनि अपुरो नै छ जस्तो मलाई लाग्छ।

भारतवर्षले कुनै व्यक्तिलाई प्रदान गर्ने सर्वोच्च नागरिक सम्मान Bharat Ratna-का लागि तेन्जिङ्ग नोर्गे शेर्पा सर्वाधिक योग्य भएता पनि आजसम्म उहाँलाई यो सम्मान प्रदान गरिएको छैन।

उहाँले आफ्नो जीवन बिताउनुभएको दार्जीलिङ्ग पहाड़, तराई, र डुवर्सका जनता, साथै हाम्रो राष्ट्र एवं सारा विश्वका साहसिक खेलप्रेमी जनताको पक्षमा, मैले हाम्रो सरकारसँग, स्वर्गीय तेन्जिङ्ग नोर्गे शेर्पाज्यूलाई भारत रत्न सम्मान प्रदान गरेर उहाँको ‘मानव क्षमताभन्दा माथिको उपलब्धि’लाई मान्यता दिने विनम्र अनुरोध गरेको छु।

तलको भिडियो हेर्नुहोस