Saturday, October 31

१७ बर्षमा ड्राई,भर बनेका भाईको गीत रेकर्ड हुदै । रचना रिमालसँग गीत गाउने पक्का, शिशिर भण्डारीको सहयोग (भिडियो सहित)

काठमाण्डौ- सानै उमेरमा बस चालक बनेका सुजन बाबु गुरुङले आफ्नो मनपर्ने गायिका रचना रिमाललाई भेटेका छन् र उनको गीत गाउने सपना पनि हामी पुरा गर्दै छौं । रचना सँगै सुजनको पहिलो गीत चाँडै नै रेकर्ड हुँदैछ, गीतको भिडियो सहित चाँडै आउँनेछौं । साथै बिदेशमा रहनु भएका नेपालीहरुले सुजनलाई केहि सहयोग रकम पनि पठाउनु भएको छ । सहयोगीहरुलाई मुरी मुरी धन्यवाद । रचनालाई भेटेर सुजनले के भने ?

सुजन निकै इमान्दार, नरम स्वभावका छन्। सुजनसंग एउटा लुकेको कला छ, उनी सुमधुर स्वरमा गीत गाउंछन् । उनको ठुलो सपना छ,गीत रेकर्ड गर्ने अनि सबैले चिन्ने गायक बन्ने । सुजन बाबु गुरुङको जीवन कथा कुनै फिल्मको जस्तो छ । यति सानो उमेरमै उनले अनेकौं दुख भोगेका छन् । परिवारको माईलो छोरा उनी ११ बर्षको उमेरमै स्कुलबाट भागेर गाउंबाट काठमाडौं छिरे र यहां भाडा माझ्नेदेखि अनेक काम गरे ।

सुजनको आमा बिरामी छिन्, भर्खरैको पहिरोले भएको सानो घर पनि लग्यो, बुवा कान सुन्दैनन्, अनि कमाई गर्ने सुजनको पनि लकडाउनले गर्दा पहिले जस्तो कमाई छैन, आमाको उपचार गर्न उनीसंग पैसा छैन ।

आमाको लागि लेखेको गीत सुनाउंदै सुजन एक्कासी भक्कानिए भिडियो हेर्नुस