Saturday, October 31

बालिका बला,त्कार गर्ने बिरुद्ध मृ,त्यु द,ण्डको सजाय हुनेगरी कानून बनाउन कार्यदल गठन !

काठमाडौं, १२ असोज । महिला हिंʼसा तथा बालबालिकामाथि हुने जबरʼजस्ती करʼणीका घʼटनाका दोसीमाथि कडा कारवाही गराउने उदेश्यले महिला सांसदहरुले कार्यदल गठन गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद बिन्दा पाण्डेको संयोजकत्वमा बिशेषत: बालिका बलाʼत्कार गर्नेमाथि कडा कानुनी काʼरवाही गरान] गरी सुझाव दिनेगरी ९ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलको सदस्यमा सांसदहरु शान्ता चौधरी, निरुदेवी पाल, पुष्पा भुसाल, अमृता थापा, रावल, प्रमिलाकुमारी यादव, अनिता देवकोटा, लक्ष्मी परियार र पार्वती थापा रहेका छन् । कार्यदल गठन गर्न सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सोमबार बैठक बसेको थियो ।

कार्यदलको लक्ष्य बालिका जबरजस्ती कʼरणी गर्नेलाई मृʼ त्यु दण्ड हुनेगरी संविधान शसोधन गराउनेसमेत रहेको बुझिएको छ । त्यसका लागि तत्कालै विभिन्न सन्धिहरु अध्यायन तथा समिक्षा गर्ने काम थालिने बताइएको छ । अधिकांश सांसदहरु बलाʼत्काʼरीलाई फाँʼ सीको सजाय दिने व्यवस्था ल्याउने पक्षमा रहेपनि नेपालका लागि कानूनी अवरोध भएकाले यसको बाटो खोल्नेबारे अध्यायन गरिने भएको छ ।

पछिल्लो समय मुलुकमा महिला हिंसा तथा बालबालिकालाई जबरजस्ती कर,णी गर्ने र ज्याʼनसमेत लिने घʼटनाहरु बढिरहेका छन् । सोका बिरुद्ध कडा कानून बनाई कार्यन्वयन गराउन देशव्यापी रुपमा विभिन्न पक्षले आवाज उठाइरहेका छन् ।- न्युज२४नेपालबाट।