Saturday, September 26

बाम गठबन्धन अब ठूलो पार्टीको रुपमा अघि बढ्छ भन्दै अध्यक्ष प्रचण्डले खुलाए देश विकासको यस्तो बाटो (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताद्धारा दुई तिहाई बहुमत स्वीकृत भएकोले बाम गठबन्धन अब ठूलो पार्टीकोरुपमा अघि बढ्ने बताउनुभएको छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले छिट्टै पार्टी एकता गरेर वाम गठबन्धनलाई ठूलो पार्टीको रुपमा स्थापित गरिने समेत बताउनु भयो । उहाँले दुई पार्टी एक भएपछि सदस्य संख्या आठ देखि दश लाख पुग्ने जिकिर समेत गर्नुभयो ।

अध्यक्ष दाहालले वाम एकता गुणत्मकरुपमा ठूलो पार्टी भएको र यसको मुख्य उद्देश्य समृद्ध नेपाल निर्माण गर्नु नै रहेको पनि प्रष्ट पार्नुभयो । उहाँले अब जनताको भावनालाई बुझेर बाम गठबन्धन नयां सिराबाट अघि बढ्ने पनि बताउनुभयो ।-फ्रीनेपलिन्युजबाट