Monday, October 19

सु’त्केरी आमा हस्पिटलमा पैसा तिर्न नसकेर अल;पत्र, २२ दिनको बच्चाको यस्तो बि,जोग (भिडियो सहित)

काठमाडौ । बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु बच्चाको अधिकार हो । तर एक जना महिला सुत्केरी भइन् । उनको स्वास्थ्य अवस्था कमजोर भयो । बच्चा जन्मनु भन्दा अगाडी नै खुट्टा नचल्ने समस्या थियो । बच्चा जन्मिएपछि पनि उनी अहिले अस्पतालमै छन् । तर सानो बच्चा अहिले घरमा छ । घरमा बच्चा जन्माइन् ।

तर आमा र बच्चा दुवैजनाको खुट्टा समेत चलेन । तीन दिन सम्म पनि त्यो समस्या नहटेपछि दमक स्थित अस्पताल लिएर गएको छ । सो अस्पताले फिर्ता पठाइदिएपछि नोवेल अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचार गरेपछि त्यो उपचार खर्च समेत तिर्न नसकेपछि सुत्केरी अस्पतालमै छन् । करिब ५ लाख भन्दा बढी उपचार खर्च लागेको परिवारका सदस्यले बताएका छन् । अहिले उनको सानो बच्चा घरमै छिमेकीको सहयोगमा हुर्किरहेका छन् । परिवारका केही सदस्य अस्पतालमै छन् । अस्पतालले केही महिना अस्पतालमै राखेर उपचार गर्ने सल्लाह दिएका छन् । तर उपचार गर्ने पैसा नभएका कारण उनलाई घर ल्याउने तयारी गरिएको छ । तर डिस्चार्ज गर्ने पैसा नभएका कारण उनी घर आउन पाएकी छैनन् ।

बच्चा जन्मिएको ३ दिन देखि नै छिमेकीले उनको नवजात शिशु हुर्काइरहेकी छन् । छिमेकी महिलाले राती पनि बच्चालाई उठेर खुवाउने गरेको बताएकी छन् । बच्चाको बुवाले ट्रयाक्टर चलाउने काम गर्छन । त्यसैले उनीहरुको आर्थिक अवस्था पनि निकै कमजोर छ । अहिले उनीहरु भाडामा बसिरहेका थिए ।

कोठा भाडा तिर्ने पैसा नभएका कारण समस्यामा परेका उनीहरु अहिले सुत्केरी आमाको स्वास्थ्यका कारण पनि थप खर्च गर्नुपर्ने देखिएको छ । गर्भवती अवस्थामा पोसिलो खानेकुरा खान नपाएका कारण उनलाई समस्या आएको अस्पतालका चिकित्सकले जनाएका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण ति महिलाले पोसिलो खानेकुरा खान नपाएको छिमेकीको भनाई छ ।

भिडियो हेर्नुहोस्..