Tuesday, October 20

सर्लाहीमा गोली चल्यो, गोली लागेर एक जना घाइते

सर्लाही, १३ फागुन । परिचय नखुलेका मानिसले हानेको गोली लागेर सर्लाहीको हरिवन नगरपालिका–११, का महावीर तामाङ घाइते हुनुभएको छ ।

१९ वर्षीय महावीरलाई सर्लाहीको बरथहवा नगरपालिका–७, मा गएराति परिचय नखुलेका मानिसले गोली हानेको प्रहरीले जनाएको छ । ना १ क ६६३५ नम्बरको ट्रिफरको सहचालक महावीरलाई, धामीकोमा झारफुक गरेर फर्कंदै गर्दा गोली लागेको हो ।

पिठ्यूमा गोली लागेका उहाँको वीरगञ्जमा उपचार भइरहेको छ ।(-लाइटनेपालबाट)