Friday, October 30

फेरी सन्दीपले ल्याए सारा नेपालीलाई यस्तो खुसीको सन्देश

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) को ‘ड्राफ्ट’मा परेका छन्।

शनिबार राति घोषणा गरिएको ड्राफ्टमा २ सय २७ विदेशी खेलाडी छन्। त्यसमा वेस्ट इन्डिजका मात्रै १ सय २१ जना छन्। ड्राफ्ट सिपिएलका फ्रेन्चाइज टिमलाई दिइएको छ। अब यी खेलाडीको अक्सन मार्च १ मा हुनेछ। अक्सन लन्डनमा हुने सिपिएलले जनाएको छ।

नेपालका सन्दीपसहित १८ देशका खेलाडी सिपिएलको ड्राफ्टमा छन्। अधिकांश टेस्ट राष्ट्रसहित क्यानडा, अमेरिका, ओमान, हङकङ, स्कटल्यान्ड, नेपाल, युएई र केन्याका खेलाडी पनि ड्राफ्टमा समेटिएका छन्।

सिपिएल आगामी ८ अगस्टदेखि १६ सेप्टेम्बरसम्म हुनेछ। सिपिएलमा ६ टिम सहभागी हुनेछन्। जसमा बार्बाडोस ट्रिडेन्ट्स, गुयना अमाजोन वारियर्स, जमैका तालावाहस, सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स, सेन्ट लुसिया र ट्रिन्बागो नाइटराइडर्सले प्रतिस्पर्धा गर्नेछन्।

-शादकमिडियाबाट।