Monday, October 19

अशोक दर्जी एक्सन हिरो सहित टंक बुढाथोकी र कबिताकोपलको ‘झिम झिम परेली’ (भिडियो सहित)

काठमाडौं । चर्चित गायक टंक बुढाथोकी र कबिता सिवाकोटीको नया गीत ‘झिम झिम परेली’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा गायक स्वयम टंककै शब्द, संगीत रहेको छ, भने एरेञ्ज कृष्ण बि.कले गरेका छन् ।

चर्चित निर्देशक नितिन चन्दको निर्देशन तथा टंक बुढाथोकीको कन्सेप्टमा बनेको म्युजिक भिडियो केही फरक बनेको छ । चर्चित अभिनेता पल शाह, चर्चित बाल गायक अशोक दर्जी म्युजिक भिडियोमा फरक अवतारमा प्रस्तुत भएका छन् ।

अशोकलाई भिडियोको सुरुमै एक्सन हिरोको रुपमा प्रस्तुत गरिएको छ । पल र अशोकलाई सेसा पौडेल र सलिजा ओलीले अभिनयमा साथ दिएका छन् ।

म्युजिक भिडियोलाई उत्तम हुमागाईले खिचेका छन्, भने सम्पादन नबिन निरौलाले गरेका छन् । भिडियोमा कलाकारलाई नचाउने काम भने सुबोल थापाले गरेका छन् ।

भिडियो हेर्नुहोस्..