Monday, October 19

यस्तो कुरा गरे पछी पत्रकारलाई यसरी टिपेर फालिन नेपालकै पहिलो महिला रेस्लरले (भिडियो सहित )

रामेछाप, मन्थली नगरपालिका-१२, अम्बास बेलीकी भगवती खड्का (युनिका) महिला रेस्लर हुन् । दर्जनौँ रेस्लिङ भिडन्तमा भाग लिइसकेकी उनी बहुआयामिक प्रतिभाकी धनी छिन् ।

दर्जनौँ चलचित्रमा अभिनय गरिसकेकी उनी गायिका पनि हुन् । उनले २०६५ सालमा भक्तपुरमा भएको राष्ट्रिय खेलमा १३५ किलो तौल उठाएर कास्य पदक जितेकी थिइन्। चलचित्रको साथै उनले टेलिसिरियलमा समेत काम गरेकी छन्।

फाइट गुरू योगेन्द्र श्रेष्ठले ‘तिमीले रेस्लिङ गर्यौ भने एकदम राम्रो हुन्छ’ भनेपछि आफ्नो रेस्लिङको यात्रा सुरु भएको भगवतीले बताइन । पिएनपिखबरसँग कुरा गर्दै उनले डब्लुडब्लुइको लागि समेत आफुले प्रयास गरेको तर सरकारले साथ र सहयोग नगरेको बताइन ।

नेपालमा रेस्लिङको क्षेत्रलाई अगाडी बढाउन आफुले भरमग्दुर प्रयास गर्ने बताइन। सरकारले सहयोग नगरेतापनि डब्लुडब्लुइ खेल्नको लागि अमेरिका जाने तरखरमा रहेको उनले बताइन ।

पिएनपिखबरसँग कुरा गर्दै भगवतीले आफैले स्थापना गरेको रेस्लिङ स्कुल मार्फत महिलाहरुलाई प्रशिक्षण दिएर यस क्षेत्रलाई संसारसाउ चिनाउने बताइन । आफ्नो जीवनीमा आधारित चलचित्र ‘क्विन अफ नेपाल’ निर्माणमा जुटेकी भगवती यस चलचित्र मार्फत आफ्नो संघर्षको कथा यसमा समेटेको बताइन ।

भिडियो हेर्नुस