Wednesday, September 30

धुर्मुस, सुन्तली, रबि र कुलमानलाई मन्त्री बनाए हुन्न ?

देशमा राम्रो काम गर्ने मनिसहरुको ठुलो खाँचो छ । देशमा इमान्दारिता देखाउने र काम गर्ने मानिसहरु खोज्ने हो भने औलामा गन्न सकिन्छ । चहाने हो भने देश बनाउन गाहे छैन । देशका लागी प्राण आहुति गर्ने मानिसहरुको कमी भएको पनि होईन । धेरै शहिदहरुले देशको लागी रगत बगाएका छन र बलिदानी दिएका छन । जहाँनिय राणा शासनको बिरुद्धमा आवाज उठाएकै भरमा गंगालाल श्रेष्ठ,दशरथचन्द्र ठाकुर,धर्मभत्त माथेमा,शुक्रराज शास्त्रीहरु देखि लिएर लोकतन्त्र हुँदै गणतन्त्र ल्याउँदा सम्म सयौँ मानिसहरु शहिद भईसकेका छन ।

 

नेपालमा शहिदको संख्या दैनिक झै बढेको छ । राजनीतिक दलका सामान्य कार्यकर्ता समेत शहिदका रुपमा दर्ज भएका छन । सच्चा शहिदको समेत अपमान भएको देशमा यस्ता कुरा गर्नु नै बेकार छ । तैपनि देशका लागी केही गर्छौ भनेर लागेका मानिसहरुको खडेरी चाँही पक्कै छैन देशमा । तर् त्यस्ता मानिसहरुले अबसर पाउँदैनन र बिरलै पाएपनि उनीहरुलाई जसरी भएपनि गलत साबित गर्न हरसम्भव प्रयास हुने गरेको छ । देश बनाउने हो भने देशका लागी सच्चा समाजसेवा गरिरहेका ब्यत्तिहरुलाई अबसर दिनुपर्छ । जो सँग कुनै स्वार्थ जोडिएकै छैन र उनीहरु जसरी भएपनि देश बनाउने अभियानमा लागेका छन ।

 

देशमा लालबाबु पण्डित,जनार्दन शर्मा,गोकर्ण बिष्ट,गगन थापा जस्ता नेताहरु देश बनाउन लागी नपरेका होईनन । उनीहरुले देशका लागी नगरेका पनि होईनन् तरपनि उनीहरुलाई साथ सहयोग भने बिरलै भयो । गोकर्ण बिष्ट उर्जा मन्त्री हुँदा उनले आमुल सुधार गरे त्यसपछि फेरी उनको मन्त्री बन्ने पालो आएन् । भलै लालबाबु फेरी मन्त्री भएका छन । उनलाई कत्तिको साथ मिल्छ त्यो हेर्न बाँकी नै छ । देशमा बामगठबन्धनको सरकार भएका कारण गगन मन्त्री हुने कुरै भएन जनाद्र्धनको पनि पालो आउन् समय कुर्नुको बिकल्प नै छैन । अरुले केही गरेनन भन्ने होईन तरपनि उनीहरुले आफनो कार्यकालमा जे गरे अरुले त्यो गरेको भए देश अहिले यो अबस्थामा पक्के हुने थिएन ।

 

यिनीहरुलाई नेतृत्व दिँदा के हुन्छ ?

पछिल्लो समय बिभिन्न सामाजिक र सुधारात्मक कामबाट चर्चामा आएका केही ब्यत्तिहरुले वाहवाही कमाएका छन । उनीहरु नेता भएर भन्दा पनि समाजसुधारक काम गरेर चर्चा बटुल्न सफल भएका हुन । कलाकार सिताराम कट्टेल ९धुर्मुस० र कुञ्जना घिमिरे ९सुन्तली० जस्ले सरकारले अर्बो सहयोग रकम आँउदा समेत गर्न नसकेको काम गरेर देखाईदिए । पुननिर्माण मन्त्रालयले एउटा जनताको लागी टहरो बनाउन नसकेको समयमा उनीहरुले ३ वटा नमुना बस्ती नै बनाएर हस्तान्तरण गरे । उनीहरुलाई धेरै ठाँउमा भगवानकै रुपमा हेर्नेको कमी छैन । उनीहरुले गरेको काम सरकारले गरेको काम भन्दा सयौँ गुण महत्वपुर्ण र लाभदायक रहेको छ ।

नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको कामको चर्चा नहुने कुरै भएन । दैनिक १८ घण्टा लोडसेडिङ भईरहेको मुलुकमा उनले कतिपय ठाँउमा लोडसेडिङमुत्त शहरकै रुपमा कार्यन्वयन गरे । उनले गर्दा खेरी भएको स्रोत साधनले पनि गर्न सकिन्छ भन्ने प्रमाण दिए । उनको कामको प्रशंषा गर्नेको कमी छैन ।

 

सञ्चारकर्मी रबि लामिछाने जो एउटै टेलिभिजन कार्यक्रम मार्फत लाखौ नेपालीका मनमा बस्न सफल भएका छन । सरकारले गर्न नसकेको दर्जनौ काम उनी एउटै कार्यक्रम मार्फत पनि गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पेश गर्ने ब्यत्ति हुन । आखिर यी ४ जना ब्यत्तिले गर्दा त यति काम हुन्छ भने सरकारले गर्ने हो भने के हुन्न रु मन्त्री बन्ने र देशको ढुकुटी मात्र रित्याउने खेलमा लागेकाहरुले अब सोच्ने बेला आएको छ । नेपालका सरकारका मन्त्री भन्दा एउटा ब्यत्ति लोकप्रिय छ । उस्ले गरेका काम महत्वपुर्ण छन । आखिर बिना भिजनका ब्यत्तिलाई मन्त्री बनाउनु भन्दा यी ४ ब्यत्तिलाई मन्त्री बनाएर कामको जिम्मा दिने हो भने देशको मुहार फेरिन् केही समय लाग्दैन । देशका मन्त्री र प्रधानमन्त्री यसैगरी राजनीतिक दलका नेताहरुसँग उनीहरुलाई मन्त्री बनाउने आँट छ ? साभार: पुर्बेलीन्युजबाट