Friday, September 25

नेपाल बचाउने हो भने नेपाल बिगार्ने आइएनजिओ हरुलाई लखेट्नुपर्छ: रबि (भिडियोसहित)

नेपाललाई सहयोग गर्ने बहानामा बिभिन्न देशका आइएन्जिओहरुले नेपालमा खेल्दै आएको शंकास्पद गतिविधिले गर्दा नेपालमा आइएन्जिओहरुको भूमिकालाई लिएर ठुलो बहस शुरु भएको छ । कतिपय ब्यक्तिहरुले आइएन्जिओ मात्रै होइन एनजीओलाई समेत बन्द गर्नु पर्ने माग उठाउदै आएका छन् ।

जातीय विभेद , लैंगिक विभेद , क्षेत्रीय विभेद लगायत समाजको बिभिन्न विभेदलाई न्याय र समानता दिलाउने भन्दै यस्ता मुद्दाहरुलाई समाधान गर्नको साट्टो यस्तो मुद्दालाई अझ उल्झाएर नेपाली समाजलाई भड्काउने र देशलाई सधै द्वन्दमा धकेल्दै नेपालको सार्वभौम सत्ता एकता अखण्डता माथि नै प्रश्न उठाउन समेत थालेको देखियो जसले गर्दा नेपालमा आइएन्जिओहरु माथि कडा निगरानी हुनु पर्ने देखिएको छ ।

यही आइएन्जिओको बिषयलाई नेपाली टेलिभिजन इतिहासकै सफल कार्यक्रम सिधाकुरा जनतासंगको ९६ औ भागमा प्रस्तोता रवि लामीछानेले समेत उठाएका छन् । उक्त भागको शुरु मै आइएन्जिओप्रति रविले आगो ओकल्दै ब्यक्त गरेको बिचार यस्तो छ:-

भनिन्छ जबसम्म कुनै मुलुकमा आईएनजियोहरु सक्रिय हुन्छन त्यो मुलुक अविकसित , अशान्त र गरिब रहन्छन । आफ्ना मुद्दाहरु स्थापित गराउन र कतिपय मुलुकमा धर्म परिवर्तन गराउन आइएन्जिओहरु सक्रिय हुन्छन भने आरोप लाग्दै आएको छ ।

सामाजिक क्षेत्रको बिकाश यस्तै शिक्षा ,स्वास्थ्य ,बिकाश निर्माणको क्षेत्रमा आइएन्जिओहरुको सक्रियता सामान्य मानिन्छ तर कतिपय आइएन्जिओहरु मुलुकमा विद्यमान जातीय , क्षेत्रीय , लैंगिक विभेदहरु अन्त्य गर्ने नाममा उल्टो ति मुद्दाहरु भड्काइ रहेका हुन्छन ।

हेर्नुहोस भिडियो सिधकुराजनतासंग :