Monday, March 20

दलालबाट विदेशमा बेचिएर उद्दार भएकी चेलीको दर्द्नाक कथामा आधारित रूहाउने भि,डियो सार्वजनिक

2020-11-17 1772

काठमाडौं । बेचिएर उद्दारपछि घर फर्किएकी चेलिको कथामा आधारित नयाँ लोक दोहोरी गीत ‘आफ्नोपन’को भिडियो रिलीज भएको छ ।

युबराज आचार्य र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको यस गीतमा नारायण कँडेलको शब्द तथा डा. शिब सुबेदीको संगीत रहेको छ ।विभिन्न छलकपटमा परि चेलिबेटी बेचबिखन भएका खबर आजकल पनि आईरहन्छन् ।

यस्तै एक चेली प्रलोभनमा परेर प्रेमी समेत छोडेर बेचिन पुग्छे । केहि समयपछि उद्दारकर्मीहरुले उद्दार गरी नेपाल फिर्ता ल्याउँछन् र प्रेमीले उसलाई सहयोग गर्छ ।

यहि कथा यो भिडियोमा देख्न पाईन्छ , बिनोद भण्डारीले निर्देशन गरेको भिडियोमा सनम कठायत र रोशनी कार्कीले अभिनय गरेका छन् । भिडियोका छायाँकार करण चैसिर हुन् भने विकास ज्ञवालीले सम्पादन तथा कलर गरेका छन् ।

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्