Wednesday, October 21

वलिउड नायिका श्री देविको दुबईमा असामायिक निधन…

सुजता शर्मा । वलिउड नायिका श्री देवि को असामायिक निधन भएको छ । शनिवार राती ५४ वर्षको उमेरमा उनको निधन युनाइटेड अरव इमीरेटसको दुबईमा भएको हो ।श्री देवि विवाह समारोहमा सामेल हुनको लागि आफ्नो परीवारको साथमा दुबई गएकी थिइन् । उनको मृत्युको खवर उनका देवर सन्जय कपुरले जानकारी गराएका थिए ।

श्री देविलाई वलीउडकी पहिलो महिला सुपर स्टारको रुप लिइन्छ । उनको मृत्यु कार्डिक अरेस्टले भएको बताइएको छ ।
श्री देविको मृत्युको खवर बाहिरीए सँगै वलिउडका धेरै हस्तीहरुले ट्विट गर्दै श्रद्धाञ्जली दिएका छन् र आजको दिनलाई वलिवुडको नै कालो दिन भएको बताएका छन् ।

दिग्गज अभिनेता विवाहित फिलिम निर्माता बनी कपूर जसको साथ उनको दुई छोरीहरु थिए। समाचार एजेन्सी पीटीआईको अनुसार, उनी आफ्नो भतीजा मोहित मूर्तिको विवाहमा दुबईमा थिइन् |

श्री देवीले तमिल, मलयालम, तेलगु, हिन्दी, र कन्नडामा काम गरेका छन । उनी 2013 मा पद्म श्री, चौथो सर्वोच्च नागरिक पुरस्कार संग सम्मानित भयकी थिइन् |