Friday, October 30

ओमनमा २० नेपाली अलपत्र : तीन महिला वितिसक्दापनि उद्धार हुन सकेन् (भिडियोसहित)

ओमन । रोजगारीको शिलसिलमा ३ महिनाअघि ओमन पुगेर अलपत्र परेका २० जना नेपाली कामदारहरुको अहिलेसम्म उद्धार हुन सकेको छैन। काठमाडौँमा रहेको अनेस्टी ओभरसिज मार्फत डिसेम्बर २ र २६ तारिख गरेर २ चरणमा उनीहरु ओमन पुगेका थिए। उक्त कम्पनीले २० जनाबाट प्रतिव्यक्ति १ लाख २० हजार रकम लिएर उनीहरुलाई ओमनस्थित मुवाराद वादी मोर्डन ट्रेड कम्पनीमा

स्कापफोल्डिङको कामका लागि भनेर त्यहाँ पठाएको थियो।     तर त्यहाँ सर्त बमोजिमको काम र तलब तथा खान बस्न समेत नपाएपछि अलपत्र परेको उनीहरुको गुनासो छ। समस्याबारे थाहा पाउनासाथ ओमनमा रहेको नेपाली राजदुतावासले समस्या समाधानका लागि कम्पनी संचालकसँग पटक-पटक छलफल गरेको थियो। कम्पनी सञ्चालकले दूतावाससँग १ हप्ताको समय माग्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपनि प्रतिबद्धता पूरा गर्न नसकेको पीडितको भनाइछ।

कम्पनीबाट आफ्नो सम्झौता अनुसारको काम, तलब, बस्ने ठाउँ केही नपाएको भन्दै जतिसक्दो नेपाल फर्काउन पीडितले सम्बन्धीत निकायसँग आग्रह गरेका छन्। कम्पनी सञ्चालकले भने कामदार ल्याउन आफ्नो धेरै नै खर्च भएको भन्दै कामदार पठाउन अटेर गर्दै आएको छ।

नेपाल स्थित अनेस्टी म्यानपावरले आफ्नो खर्च सोधभर्ना गरेमा मात्रै कामदारलाई पठाउने कम्पनीको अडान छ। समस्या समाधानको लागि कैयौंपटक कम्पनी संचालकसँग अनुरोध गर्दा पनि अटेर गर्दै आएपछि २ हप्ता अगाडि मात्रै नेपाली राजदुतावासले ओमन सरकारसँगको सहयोग माग्दै पीडितका मुद्धा ओमनको श्रम बिभागसम्म पुर्याएको छ। उनीहरुलाई जतिसक्दो छिटो स्वदेश पठाउन विभागसँग समन्वय भइरहेको दूतावासले बताएको छ।

पीडितहरु २० जना मध्ये ९ जना लाई ओमनको राजधानी मस्कटबाट करिब चार घन्टा टाढा सोहार भन्ने ठाउँमा कुनै अर्को कम्पनीमा सप्लाईमा राखेको छ भने मस्कट नजिकै बर्कामा राखिएका बांकी ११ जनालाई बस्दै आएको क्याम्प बाट निकाली दिएपछि अहिले अरुको आश्रयमा बस्दै आएका छन्। ११ जना मध्ये ६ जनालाई नेपाली सोसियल क्लब र बाँकी ५ जनालाई नेपाली बुद्ध भिजन ओमनले आश्रय दिइरहेको छ।

त्यस्तै उनीहरुको खानपिन लगायतका समस्याहरुका लागि ओमनमा रहेका अन्य नेपाली संघ-संस्था तथा दलका भातृ संगठनहरुले पनि समवन्य गरिरहेका छन्।लामो समयसम्म प्रवासमा यस्तो तनावग्रस्त अवस्थाले गर्दा आफुहरु डिप्रेसनको शिकार हुन् थालेको रामेछापका पीडित यम बहादुर चौहानले बताएका छन्।-डिसीनेपालबाट

भिडियो हेर्नुहोस